कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र देखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आज बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुष २५ देखि माघ ८ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रदेखि वडा तहमा विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुष २५ गते ७ प्रदेशको ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने बताएका छन् । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वार्डमा प्रदर्शनको कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।

ओलीको असंवैधानिक कदमले प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले आम कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...