कलाकार तथा रंगकर्मी राजकुमार आङ्देम्बे मातृशोकमा

 लिम्बुवान न्युज
                       

माङसेबुङ्। सामाजिक तथा सांस्कृतिक अभियन्ता, रंगकर्मी, अभिनेता तथा चलचित्रकर्मी राजकुमार आङदेम्बे मातृशोकमा परेका छन् । अभियन्ता आङ्देम्बेको आमा हाङसरुङबा मनरथी आङदेम्बे लिम्बूको ८१ बर्षको उमेरमा निधन भएको हो ।

मृतक पान्थरको याङनाम लिगिम्बा हाल फालेलुङ गाउँपालिकामा १९९४ साल पुष २९ गते जन्मेकी मनरथी आङदेम्बेको पुष १७ गते झापाको कमल गाउँपालिका ५ लखनपुरको फारलाईन सिम्लेमा स्थायी बसोबास रहेको छ ।

मृतकको ४ छोरा, १ छोरी, ७ नाति, ७ नातिनी र ३ पनातिनीहरुका धनी मृतक आङदेम्बेको पुष २७ गते सुद्धाई कार्य गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

रंगकर्मी राजकुमारद्वारा अभिनित ‘खापुङ्नामोरङ्ना’ ऐतिहासिक लिम्बु चलचित्र रहेको छ । ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...