संघीय मञ्चको धनगढीमा अन्तरक्रियासँगै संगठन विस्तार

 लिम्बुवान न्युज
                       

कैलाली। धनगढी उपमहानगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजनीतिक भेटघाट साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सो कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मञ्चको राजनैतिक अवधारणा अवधारणालाई स्पष्ट पार्दै देशलाई पूर्ण रुपमा परिवर्तन गर्न सबै जातीलाई राज्यले समान आँखाले हेर्नु पर्ने बताए । देशलाई संघीय आँखाले हेरेमा मात्र देशको मुहान फेर्न सकिन्छ । एउटा जाती र वर्गले मात्र देश चलाएमा त्यो देशमा भ्रष्टचार र द्वन्द्व बाहेक केही पनि हुन नसक्ने उनले बताए ।

अध्यक्ष लिङ्देनले देशमा दलित शिल्पी जाती माथिको जातीय विभेद र खश जातीहरुलाई खशआर्य क्लष्टरमा राखेर खशहरुलाई अधिकारबाट बन्चित गर्ने काम राज्यका नाइकेहरुले गरेको हुँदा त्यसको विरुद्ध संघीय मञ्च मेचीकाली अभियान लिएर धनगढी आइपुगेको बताउँनु हुँदै पहिचान सहितको १०+१ प्रान्त स्थापनाको निमित्त सम्पूर्ण जातीहरु एकजुट भएर लढ्नु पर्ने बताउनु भयो ।

मेचीकाली कार्यक्रम अन्तर्गत आजभएको अन्तरक्रिया कार्यक्रमलाई खसान संघर्ष समितिका उपाध्यक्ष रघुवीर सिंह ठगुन्नाले सहजीकरण गर्नुभएको थियो । मञ्चको अन्तरक्रिया कार्यक्रममा मञ्चले आगामी ४ बर्षे कार्यनीति अनुरुप पार्टी सञ्चालनको निमित्त बनाएको दस्तावेज राजनीतिक एजेण्डा समेत उक्त कार्यक्रममा वितरण गरेको छ ।

आज भएको राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धनगढी उपमहानगरको तदर्थ समिति समेत गठन भएको छ । वाजीराम रानाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा राकेश सेन, पुण्य सार्की, मानवीर सार्की, विक्रम ताम्राकार, नविन बि.क., अजय जैरु, विभा सिलाधर र रिंकु सिलाधार चयन भएका छन् ।

आजै संघीय थरुहट महिला मञ्च पनि गठन भएको छ । कसक राना थारुको संयोजकत्वमा सदस्यहरु गरिवा राना थारु, मनिशा चौधरी, सरस्वती चौधरी, गीता चौधरी र फूलवती चौधरी चयन भएका छन् । त्यसैगरी संघीय दलित शिल्पी महिला मञ्च धनगढी उपमहानगरपालिका समिति समेत गठन गरिएको मञ्चका संघीय सचिव इन्दीरा मेन्याङ्बोले बताइन् । ममता नेपालीको संयोजकत्वमा गठित समितिको सचिवमा सोनिया सिलाधर, सदस्यहरुमा क्रमशः रिहाना कुेरशी, लक्ष्मी सार्की, गौमती सार्की, सुनिता सार्की, शान्ती सेन, शोभा सेन, विभा शिलाधर रहेका छन् ।

मञ्चले मेचीकाली अभियान अन्तर्गत शनिबार धनगढीको ३ स्थान चिसापानी कर्णाली, बलचोर वादी वस्ती र लम्कीचुहा बजारमा पनि भेटघाट कार्यक्रम गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले सो कुरा जानकारी गरिन् । उनले उक्त भेटघाटमा स्थानीय थारु जाती, दलित शिल्पी र वादी समुदायका व्यक्तिहरुसँग छलफल भएको बताइन् ।

संघीय मञ्चको मेचीकाली अभियानमा अध्यक्ष लिङ्देनसँगै मञ्चका आर्थिक संयोजक विष्णु यक्सो, संघीय सचिवहरु शान्ता योङ्हाङ् र इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव दिपा लिम्बु आदाङ्मा, संघीय दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्द, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा लावासा, सुर्य लिम्बु लगायतका नेताहरु रहनु भएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...