संघीय मञ्चको धनगढीमा अन्तरक्रियासँगै संगठन विस्तार

 लिम्बुवान न्युज
                       

कैलाली। धनगढी उपमहानगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजनीतिक भेटघाट साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सो कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मञ्चको राजनैतिक अवधारणा अवधारणालाई स्पष्ट पार्दै देशलाई पूर्ण रुपमा परिवर्तन गर्न सबै जातीलाई राज्यले समान आँखाले हेर्नु पर्ने बताए । देशलाई संघीय आँखाले हेरेमा मात्र देशको मुहान फेर्न सकिन्छ । एउटा जाती र वर्गले मात्र देश चलाएमा त्यो देशमा भ्रष्टचार र द्वन्द्व बाहेक केही पनि हुन नसक्ने उनले बताए ।

अध्यक्ष लिङ्देनले देशमा दलित शिल्पी जाती माथिको जातीय विभेद र खश जातीहरुलाई खशआर्य क्लष्टरमा राखेर खशहरुलाई अधिकारबाट बन्चित गर्ने काम राज्यका नाइकेहरुले गरेको हुँदा त्यसको विरुद्ध संघीय मञ्च मेचीकाली अभियान लिएर धनगढी आइपुगेको बताउँनु हुँदै पहिचान सहितको १०+१ प्रान्त स्थापनाको निमित्त सम्पूर्ण जातीहरु एकजुट भएर लढ्नु पर्ने बताउनु भयो ।

मेचीकाली कार्यक्रम अन्तर्गत आजभएको अन्तरक्रिया कार्यक्रमलाई खसान संघर्ष समितिका उपाध्यक्ष रघुवीर सिंह ठगुन्नाले सहजीकरण गर्नुभएको थियो । मञ्चको अन्तरक्रिया कार्यक्रममा मञ्चले आगामी ४ बर्षे कार्यनीति अनुरुप पार्टी सञ्चालनको निमित्त बनाएको दस्तावेज राजनीतिक एजेण्डा समेत उक्त कार्यक्रममा वितरण गरेको छ ।

आज भएको राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धनगढी उपमहानगरको तदर्थ समिति समेत गठन भएको छ । वाजीराम रानाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा राकेश सेन, पुण्य सार्की, मानवीर सार्की, विक्रम ताम्राकार, नविन बि.क., अजय जैरु, विभा सिलाधर र रिंकु सिलाधार चयन भएका छन् ।

आजै संघीय थरुहट महिला मञ्च पनि गठन भएको छ । कसक राना थारुको संयोजकत्वमा सदस्यहरु गरिवा राना थारु, मनिशा चौधरी, सरस्वती चौधरी, गीता चौधरी र फूलवती चौधरी चयन भएका छन् । त्यसैगरी संघीय दलित शिल्पी महिला मञ्च धनगढी उपमहानगरपालिका समिति समेत गठन गरिएको मञ्चका संघीय सचिव इन्दीरा मेन्याङ्बोले बताइन् । ममता नेपालीको संयोजकत्वमा गठित समितिको सचिवमा सोनिया सिलाधर, सदस्यहरुमा क्रमशः रिहाना कुेरशी, लक्ष्मी सार्की, गौमती सार्की, सुनिता सार्की, शान्ती सेन, शोभा सेन, विभा शिलाधर रहेका छन् ।

मञ्चले मेचीकाली अभियान अन्तर्गत शनिबार धनगढीको ३ स्थान चिसापानी कर्णाली, बलचोर वादी वस्ती र लम्कीचुहा बजारमा पनि भेटघाट कार्यक्रम गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले सो कुरा जानकारी गरिन् । उनले उक्त भेटघाटमा स्थानीय थारु जाती, दलित शिल्पी र वादी समुदायका व्यक्तिहरुसँग छलफल भएको बताइन् ।

संघीय मञ्चको मेचीकाली अभियानमा अध्यक्ष लिङ्देनसँगै मञ्चका आर्थिक संयोजक विष्णु यक्सो, संघीय सचिवहरु शान्ता योङ्हाङ् र इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव दिपा लिम्बु आदाङ्मा, संघीय दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्द, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा लावासा, सुर्य लिम्बु लगायतका नेताहरु रहनु भएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;