युमा साम्यो जिल्ला शाखा पाँचथर अध्यक्षमा जकेन्द्र लावती

 लिम्बुवान न्युज
                       

फिदिम। युमा साम्यो महासभा नेपालले पाँचथर जिल्लामा संगठन विस्तार गरेको छ । फिदिममा आयोजित एक कार्यक्रममा कुम्मायकका सामाजिक व्यक्तित्व जकेन्द्र लावतीलाई अध्यक्ष चयन गर्दै महासभाको जिल्ला समिति गठन गरेको हो ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार वनेमको प्रमुख आतिथ्यतामा भएको युमा धार्मिक एवं सांकृतिक अभियान कार्यक्रमले जकेन्द्र लावतीको अध्यक्षतामा २४ सदस्यीय जिल्ला शाखा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिभक्त जबेगु, सचिवमा सन्तोष जबेगु, सह–सचिवमा ताराकुमार आङदेम्बे र कोषाध्यक्षमा प्रत्युस कुरुम्बाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः हिमाल कुरुम्बाङ, प्रेम सुहाङ, डिकधोज लावती, डिल्ली सिगु, चन्द्रप्रकाश माङ्मु, महेस कुमार फागो, नोगेन आङदेम्बे, क्षितिज चेम्जोङ, शक्ति केरूङ, रिवाज थाम्सुहाङ, लालअञ्जान सम्बाहाङफे, टेकेन्द्र चेम्जोङ, सुमित्रा चेम्जोङ र ध्वजबहादुर वनेम चयन भएका छन् । उक्त भेलाले सल्लाहकारमा लक्ष्मण लावती, हेमकेलाङ जबेगु, भक्तिप्रसाद नेम्बाङ र कर्मसिंह थाम्सुहाङ् चयन गरेको छ ।

युमा साम्योका अभियन्ता एवं शिक्षक हिमाल कुरुम्बाङको सकृयता एवं संयोजकत्वमा सम्पन्न उक्त भेलाले आगामी २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बू, पुख्र्यौली र मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेख्ने लेखाउने प्रस्ताव समेत पारित गर्दै जिल्लाको सबै पालिकाहरुमा अभियानको रुपमा संचालन गर्ने बताइएको छ ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तथा शुभचिन्तकहरू चित्र फागो वनेम, योबाहाङ तुम्बाहाङफे, डुक वनेम, बुद्धि चोङबाङ र सल्लाहकार आरबी पालुङ्वा लगायत बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...