युमा साम्यो जिल्ला शाखा पाँचथर अध्यक्षमा जकेन्द्र लावती

 लिम्बुवान न्युज
                       

फिदिम। युमा साम्यो महासभा नेपालले पाँचथर जिल्लामा संगठन विस्तार गरेको छ । फिदिममा आयोजित एक कार्यक्रममा कुम्मायकका सामाजिक व्यक्तित्व जकेन्द्र लावतीलाई अध्यक्ष चयन गर्दै महासभाको जिल्ला समिति गठन गरेको हो ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार वनेमको प्रमुख आतिथ्यतामा भएको युमा धार्मिक एवं सांकृतिक अभियान कार्यक्रमले जकेन्द्र लावतीको अध्यक्षतामा २४ सदस्यीय जिल्ला शाखा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिभक्त जबेगु, सचिवमा सन्तोष जबेगु, सह–सचिवमा ताराकुमार आङदेम्बे र कोषाध्यक्षमा प्रत्युस कुरुम्बाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः हिमाल कुरुम्बाङ, प्रेम सुहाङ, डिकधोज लावती, डिल्ली सिगु, चन्द्रप्रकाश माङ्मु, महेस कुमार फागो, नोगेन आङदेम्बे, क्षितिज चेम्जोङ, शक्ति केरूङ, रिवाज थाम्सुहाङ, लालअञ्जान सम्बाहाङफे, टेकेन्द्र चेम्जोङ, सुमित्रा चेम्जोङ र ध्वजबहादुर वनेम चयन भएका छन् । उक्त भेलाले सल्लाहकारमा लक्ष्मण लावती, हेमकेलाङ जबेगु, भक्तिप्रसाद नेम्बाङ र कर्मसिंह थाम्सुहाङ् चयन गरेको छ ।

युमा साम्योका अभियन्ता एवं शिक्षक हिमाल कुरुम्बाङको सकृयता एवं संयोजकत्वमा सम्पन्न उक्त भेलाले आगामी २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बू, पुख्र्यौली र मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेख्ने लेखाउने प्रस्ताव समेत पारित गर्दै जिल्लाको सबै पालिकाहरुमा अभियानको रुपमा संचालन गर्ने बताइएको छ ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तथा शुभचिन्तकहरू चित्र फागो वनेम, योबाहाङ तुम्बाहाङफे, डुक वनेम, बुद्धि चोङबाङ र सल्लाहकार आरबी पालुङ्वा लगायत बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;