थिन्दोलुङ खोयाहाङ् लिम्बुले मनाए सातौं स्थापना दिवस

 लिम्बुवान न्युज
                       

दमक। किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका जेष्ठ नागरिक समाजसेवी श्री प्रेमबहादुर खोयाहाङ्गको प्रखुम आतिथ्यतामा सातौं स्थापना दिवस मनाइएको हो ।

झापाको दमकमा आयोजना गरिएको उक्त स्थापना दिवस कार्यक्रमलाई प्रमुख अतिथिको हस्तबाहुलीबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । कार्यक्रम वर्तमान कोभिड १९ को कारण झापा, मोरङ् र सुनसरीका प्रतिनिधिमूलक थिन्दोलुङ् खोयाहाङ् लिम्बुहरुको उपस्थिति रहेको थियो ।

संस्थाको आर्थिक स्थितिलाई बलियो बनाउने उद्देश्यले स्थापना गरिएको अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई स्थापना दिवसको अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । त्यसैगरी सञ्चालन केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्ग र केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमलाई केन्द्रीय सल्लाहकार परिषदका सभापति श्री दङ्गधोज खोयाहाङ्गले संघको सातौं स्थापना दिवस कार्यक्रमको भरच्यूअल माध्यमबाट सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...