दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई बुझायो ज्ञापन–पत्र

 लिम्बुवान न्युज
                       

दमक। दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नपाले घर बहाल कर समेत व्यवसायीहरुबाट असुल गरिरहेको हुँदा उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता तथा नविकरणका सिलसिलामा घर धनीसंग असुल गर्नुपर्ने बहाल कर समेत आफूहरुले तिर्नु परिरहेको गुनासोसहित दमक उद्योग वाणिज्य संघले सोको विरोध गरेको हो ।

आज मंगलबार संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा नगरपालिका कार्यालय पुगेको संघका पदाधिकारीहरु संलग्न टोलीले नगर प्रमुख रोमनाथ ओलीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा कोरोना संक्रमणका कारण व्यवसायीहरु मारमा परिरहेको बेला अनावश्यक करको भार समेत थोपरिँदा निजीक्षेत्रमाथि अन्याय भएको उल्लेख गरिएको छ । संघले नगरपालिकाबाट भइरहेको त्यस्तो कार्य तत्काल बन्द गरेर करको भार घटाउन र व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न समेत ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडका, द्धितीय उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रमा लिम्बुसहित व्यवसायी नेताहरुको समुह स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउन नगरपालिका कार्यलय पुगेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;