दमक कञ्चनजंघामा पुनः मणिकुमार भण्डारी सर्वसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकको पुरानो सहकारीमा कहलिएका कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मणिकुमार भण्डारी निर्वाचित भएका छन् । दमक ८ मा आफ्नै भवनबाट संचालित यो संस्थाले यसक्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको यो संस्थाको आगामी कार्यकालको लागि भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो ।

संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाका अनुसार संस्थामा भएको निर्वाचन कार्यक्रम अनुसार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति र गंगा प्रसाद संग्रौलाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा भरतकुमार चम्लागाइँ, सदस्यहरुमा क्रमशः विमल निरौला, इन्द्र प्रसाद खनाल, कृष्णराज थापा, लोकनाथ अधिकारी, चेतनाथ रिजाल, निर्मला आचार्य, हेमकुमारी कोइराला, कल्पना राई र पुण्यप्रसाद नेपाल निर्वाचित भएका छन ।

त्यसैगरी संग्रौलाको संयोजकत्वमा निर्वाचित लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा नरेन्द्र दाहाल र सुशीला गौतम रहेको व्यवस्थापक निरौलाले जनाएका छन् ।

 

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...