दमक कञ्चनजंघामा पुनः मणिकुमार भण्डारी सर्वसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकको पुरानो सहकारीमा कहलिएका कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मणिकुमार भण्डारी निर्वाचित भएका छन् । दमक ८ मा आफ्नै भवनबाट संचालित यो संस्थाले यसक्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको यो संस्थाको आगामी कार्यकालको लागि भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो ।

संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाका अनुसार संस्थामा भएको निर्वाचन कार्यक्रम अनुसार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति र गंगा प्रसाद संग्रौलाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा भरतकुमार चम्लागाइँ, सदस्यहरुमा क्रमशः विमल निरौला, इन्द्र प्रसाद खनाल, कृष्णराज थापा, लोकनाथ अधिकारी, चेतनाथ रिजाल, निर्मला आचार्य, हेमकुमारी कोइराला, कल्पना राई र पुण्यप्रसाद नेपाल निर्वाचित भएका छन ।

त्यसैगरी संग्रौलाको संयोजकत्वमा निर्वाचित लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा नरेन्द्र दाहाल र सुशीला गौतम रहेको व्यवस्थापक निरौलाले जनाएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...