ट्रक दुर्घटनामा परि एकको मृत्यु

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फाल्गुनन्द सडक अन्तर्गत मिक्लाजुङ्को रविबाट गोलिया काठ बोकेर दमक तर्फ जाँदै गरेको ना. ३ ख. २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय किरण राईको मृत्यु भएको हो ।

ट्रक सडकबाट अनियन्त्रित भई करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमक तर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

शवलाई दमक अस्पतालको शव गृहमा राखिएको छ । चालक ताप्लेजुङ मेले गाउँपालिका–१ बस्ने २० बर्षिय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...