महामुर्खले ल्याए ‘मुन्धुम परम बिज्ञान’

 लिम्बुवान न्युज
                       

काठमाडौ। इलाम चुलाचुलीका थाङ्साङ लावती ‘महामुर्ख’ले चौथो कृतिको रुपमा ‘मुन्धुम परम बिज्ञान’ नामक कृति सार्वजनिक गरेका छन् । आज किरात याक्थुङ् चुम्लुङ्को भवनमा पुस्तकको सार्वजनिक गरिएको हो ।

याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न कार्यक्रममा राजनैतिक विष्लेशक तथा लेखक युग पाठक, प्राध्यापकहरु बालकृष्ण माबुहाङ, अमर तुम्याङ, टंक सेलिङ, किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष योगराज वनेम र डिबि आङ्बुङले किताबमाथी टिप्पणी गरेका थिए ।

कार्यक्रममा डा.चन्द्रकुमार शेर्मा, लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोबिन्द आङ्बुङ, नेता खगेन्द्र माखिम, कवि बिमला तुम्खेवा, लेखक तथा चलचित्रकर्मी सागर केरुङ र पदम चेन्जी माबोले लेखकको गहकिलो पुस्तकमाथि शुभकामना मन्तव्य राखेका थिए ।

डेढ दशक अघि मुन्धुम प्रति बढी अध्ययन गर्नु हुने महामुर्ख पछिल्लो केही समय पहिचानको राजनीतिसँग जोडिएर राजनीतिमा सक्रिय रहेता पनि उनको लेखन भने रोकिएको छैन । उनका तीन कृतिहरु ‘फल्गुनन्द रोइरहेका छन्’, ‘फल्गुनन्दको बाटोमा’ र ‘मुन्धुमको धनीहरु कस्तुरी भएको छ’ प्रकाशित भईसकेका छन् ।

मुन्धुमविद् लावती हाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका महासचिव हुन् ।

 

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;