गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो ।

गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको भएपनि मञ्चको १०+१ प्रान्तीय मञ्चको अवधारणा अन्तर्गत संघीय दलित शिल्पी मञ्चलाई गैरभौगोलिक प्रान्तको रुपमा मञ्चले अवधारणा बनाएर दलित शिल्पी जातीहरुमाथि गरेको सम्मानले त्यसक्षेत्रमा प्रवेश गर्न सहज भएको दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्दले बताइन् ।

सो क्षेत्रका सबै अगुवाहरुलाई मञ्चको राजनीतिक एजेण्डा प्रदान गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा मञ्चको मेचीकाली अभियानका प्रमुख मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको अवधारणा प्रष्ट्याउनु भयो । अध्यक्ष लिङ्देनले–‘वर्तमान नेकपा सरकार र प्रतिपक्षी नेपाली कांग्रेसबाट दलित मुक्ति असम्भव भएको भन्दै सम्पूर्ण दलितहरुलाई मुक्ति र अधिकारको निमित्त मञ्चमा आवद्ध हुन आग्रह गरेका छन् ।’

उक्त राजनैतिक भेटघाट तथा अन्रक्रिया कार्यक्रममा मञ्चका संघीय अर्थसंयोजक विष्णु यक्सो, संघीय सचिवद्वय शान्ता योङ्हाङ्, इन्दीरा मेन्याङ्बो, अर्थ सचिव दिपा लिम्बु, संघीय सदस्यहरु चन्द्र लावासा कन्दङ्वा, सुर्य लिम्बु त्यसैगरी दलित शिल्पी मञ्चकी महासचिव शर्मिला वागचन्द्र लगायत नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी झापाको शिवसताक्षी १० को मिरमिरे टोलमा सोनिराम ऋषिदेवको अध्यक्षतामा १५ सदस्यीय संघीय लिम्बुवान मञ्च, नेपाल टोल समिति गठन भएको छ । कार्यक्रम युवा नेता बादल राईको सक्रियतामा केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...