लिम्बुवान मञ्चले सिसिओ अभियान शुरु गर्ने

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पुषको मसान्तदेखि सिसिओ अभियान शुरु गर्ने भएको छ । आज मञ्चको दमकमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

देशको वर्तमान राजनीतिक घटनाक्रमले मञ्चमाथि आक्रमण भईरहेको हुँदा त्यसलाई रोक्न समेत मञ्चले यस्तो कार्यक्रम सार्वजनिक गरेको हो ।

अभियान कन्ट्याक, काउन्सिलिङ र ओर्गनाइजेन नाम दिइएको उक्त कार्यक्रममा मञ्चको दस्तावेजको रुपमा प्रकाशन भएको राजनीतिक एजेण्डालाई लिम्बुवानको प्रत्येक घरमा पु¥याउने लक्ष्य रहेको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताउनु भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत लिम्बुवानमा शसक्त सांगठानिक सुदृढिकरण सहितको कार्यक्रम गर्न लागिएको बरिष्ठ उपाध्यक्ष गुरुङ्ले बताउनु भयो ।

लिम्बुवानले झापा, मोरङ् र सुनसरीमा सय/सय वटा कार्यक्रम, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाममा पचास/पचास वटा कार्यक्रम गर्ने जनाएको छ । सिसिओ अभियानको रुपमा गाउँगाउँका जनताहरुसँग जनसम्पर्क गर्ने, लिम्बुवान मञ्च सम्बन्धी आफ्नो धारणा राख्ने र मञ्चको संगठन मजबुत गरेर लाने मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले बताए ।

संघीय मञ्चको मेचीकाली राष्ट्रिय अभियानका संयोजक मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक लगायतका नेताहरु पश्चिममा निरन्तर कार्यक्रम गरिरहँदा लिम्बुवानमा लिम्बुवान मञ्चले राजनीतिक गतिविधिलाई निरन्तरता दिनलाई पनि यो कार्यक्रम घोषणा गरिएको उपाध्यक्ष इम्बुङ् बताउनु हुन्छ ।

आज बसेको लिम्बुवानको आकस्मिक बसेको बैठकले वर्तमान प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, आलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै विरोध गरेको छ ।

साथै कोरोना संक्रमणका कारण मञ्चले केन्द्रीय नेताहरुलाई राजनीतिक प्रशिक्षण दिन नसकिरहेको हुँदा भरच्यूल माध्यबाट राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...