टिकापुरमा संघीय दलित शिल्पी मञ्च गठन

 लिम्बुवान न्युज
                       

कैलाली। कैलालीको टिकापुरमा संघीय दलित शिल्पी मञ्चको तदर्थ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्चहरु मध्येको गैर भौगोलिक दलित शिल्पी मञ्च आज(शनिबार) गठन भएको हो ।

मञ्चको मेचीकाली अभियान अन्तर्गत कैलालीको कार्यक्रमले भोज बहादुर विकको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन भएको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताइन् । उक्त समितिको सदस्य सचिवमा कलक सुनार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रतिक्षा परियार, माया वागदास, जयसुर सार्की, डम्बर तिरुवा, जनक सार्की, गणेश बहादुर बिक, कान सिङ तिरुवा, दिपक सुनार, खडग लोहार, जय बहादुर बिक, मनिषा भुल, भागेश्वरी भुल, जानकी कसारा, पशुपति कसारा, सरोज विक, जेनिशा बिक, साजन सुचिकार, सुजन सुचिकार र चन्द्र नेपाली रहेका छन् ।

मेचीकाली अभियानका प्रमुख संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको राजनीतिक एजेण्डा बारे प्रष्ट पार्नु हुँदै आगामी चुनावमा दाप सहितको खुकुरी चुनाव चिन्हमा मत माग्नु भएको छ । सो कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, संघीय सचिव शान्ता योङहाङ, इन्दीरा मेन्याङ्, अर्थ सचिव दिपा लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्द लगायतका नेताहरुले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...