घाइते वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाज सेवाबाट आर्थिक सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

दमक। मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गरिरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली समाज सेवा संघको सक्रियतामा १ लाख ५ हजार ५०५ रुपैयाँ रकम घाइते लावतीलाई हस्तान्तरण गरेको हो ।

सोही रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लावती सयङ् यूकेबाट यधुचन्द्र लावतीको सक्रियतामा आएको ६० हजार ७३५ रुपैयाँ समेत घाइते वडाध्यक्षलाई प्रदान गरिएको कुरुम्बेली समाजका अध्यक्ष ऐनमानसिं लावतीले बताए । घाइते वडाध्यक्षलाई सेवा संघको सक्रियतामा आज १ लाख ६६ हजार २४० रकम प्रदान गरिएको सचिव धिरेन सुब्बाले बताउनु भएको छ ।

गत कार्तिक ९ गते साँझ घर जाने क्रममा उनी मोटरसाईकल दुर्घटनामा परेका थिए । विर्तामोडको वि एण्ड सीमा उपचार गराईएको थियो । उनको टाउको पछाडिको नसामा समस्या भई हाल दमकको एक फिजियोथेरापीमा थप उपचार भईरहेको छ । नसाका समस्या कारण उनी सामान्य हिडडुल गर्न सक्दैनन् । उपचारका क्रममा हालसम्म करिब ८ लाख बढी खर्चभईसकेको र थप उपचार गर्न आर्थिक समस्या भएपछि पीडित परिवारले याचना गरिआएका छन् ।

यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चबाट १ मात्र वडाध्यक्ष निर्वाचित लावतीको उपचारमा मञ्चले चासो देखाएको जनाएको छ । हालै दमकमा बसेको मञ्चको बैठकले उपाध्यक्ष देउकुमार निङलेखुको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेर सहयोग रकम उठाउन शुरु गरेको मञ्चले जनाएको छ । अबको केही दिनमा थप रकम मञ्चले संकलन गरेर घाइते वडाध्यक्षलाई दिने संयोजक निङलेखुले बताए । घाइते लावती लिम्बुवान मञ्चका केन्द्रीय सदस्य समेत हुन् ।

त्यस्तै, साही कार्यक्रममा पक्षघात भई उपचाररत दमक ६ का मानबहादुर लावतीलाई समेत पापोहाङ लाओती सयङ् यूकेबाट प्राप्त भएको रकम ६० हजार ७३५ रुँपैया हस्तान्तरण गरिएको कुरुम्बेली समाज सेवा संघका सचिव धिरेन लावतीले वताए । सहयोग रकम कुरुम्बेली समाज सेवा संघको समन्वयमा हस्तान्तरण गरिएको थियो ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...