लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

 लिम्बुवान न्युज
                       

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

मंगलबार सम्पन्न सधारणसभाबाट डा. भट्टराईको अध्यक्षतामा बनेको नयाँ सञ्चालक समिति सदस्यहरुमा डा. तिलकचन्द्र शाह, डा. सुर्य नारायण शाह, भीम प्रसाद पौडेल, बालचन्द्र सुब्बा, प्रेम बहादुर देवकोटा, देवकी देवी भट्टराई, बिक्रम कुमार साह र राजकुमार भट्टराई रहेका छन् ।

२०५६ सालमा दमक ५ मा स्थापना भएको सो अस्पतालमा हाल एक सय बेड रहेका छन् । सिटिईभिटीबाट सम्बद्धन भएका कक्षाहरु समेत सो अस्पतालमा संचालित छन् ।

सो अस्पतालले हालैमात्र थेरापी सेवा समेत सुरु गरेको छ । साधारण सभाको अवसर पारेर शुरु गरिएको सो सेवाको अस्पतालका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईले उदघाटन् गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...