मुसाहाङ प्रतिष्ठान संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

संखुवासभा। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला अधिबेशनले अगमे मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बाल कुमारी मुसाहाङ, सचिब रुक्मान मुसाहाङ, सह–सचिब सन्तोष मुसाहाङ र कोषाध्यक्षमा दिलमाया मुसाहाङ चयन भएका छन् भने सदस्यहरुमा सुष्मा कुमारी मुसाहाङ र बिष्णु माया मुसाहाङ चयन भएका छन् ।

अधिबेशनमा प्रतिष्ठान केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङसा, केन्द्रीय सल्लाहकारद्वय हिन्दराज मुसाहाङ र रामकुमार मुसाहाङ त्यसैगरी धर्मदेबी नगरपालिका वडा नम्बर १ का वडा जनप्रतिनिधि नारायण मुसाहाङ, प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्यद्वय अगमे मुसाहाङ र भिमराज मुसाहाङ लगायतले बोलेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाका उपाध्यक्ष बाल कुमारी मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य सुष्मा कुमारी मुसाहाङले स्वागत मन्तव्य राखेका थिए भने सचिब रुक्मान मुसाहाङले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...