मुसाहाङ प्रतिष्ठान संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

संखुवासभा। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला अधिबेशनले अगमे मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बाल कुमारी मुसाहाङ, सचिब रुक्मान मुसाहाङ, सह–सचिब सन्तोष मुसाहाङ र कोषाध्यक्षमा दिलमाया मुसाहाङ चयन भएका छन् भने सदस्यहरुमा सुष्मा कुमारी मुसाहाङ र बिष्णु माया मुसाहाङ चयन भएका छन् ।

अधिबेशनमा प्रतिष्ठान केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङसा, केन्द्रीय सल्लाहकारद्वय हिन्दराज मुसाहाङ र रामकुमार मुसाहाङ त्यसैगरी धर्मदेबी नगरपालिका वडा नम्बर १ का वडा जनप्रतिनिधि नारायण मुसाहाङ, प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्यद्वय अगमे मुसाहाङ र भिमराज मुसाहाङ लगायतले बोलेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाका उपाध्यक्ष बाल कुमारी मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य सुष्मा कुमारी मुसाहाङले स्वागत मन्तव्य राखेका थिए भने सचिब रुक्मान मुसाहाङले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...