३ गते कांग्रेसको देशव्यापी विरोध प्रदर्शन, सक्रिय सहभागी हुन अपिल

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशभर प्रदर्शन गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।

कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ १ गते शनिबार नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

आज (शुक्रबार) कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै ‘पार्टीको सबै तहका नेताकार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादी शक्तिहरुलाई समेत विरोध प्रदर्शनमा व्यापक सहभागी भएर नेकपा ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ भनेका छन् ।

संसद विघटन नेपालको मूल्य र मान्यतालाई विर्सेर ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएको ठहर नेपाली कांग्रेसले गरेको छ । त्यसविरुद्ध कांग्रेस संघर्षमा निस्किएको जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...