दमक। पूर्वकै व्यस्त निर्देशक किरण चाम्लिङको निर्देशनमा गायक रविन लिम्बुको स्वरमा “पिरतीको अनिकालैमा” गीत सार्वजनिक भएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
लामो समय वैदेशिक रोजगारमा बसेर स्वदेश फर्किएका रविनको नयाँ गीतमा दयाहाङ र सुजता थुलुङको अभिनय रहेको छ । कोरियाको बसाईलाई बिटमार्दै रविन अहिले काठमाडौं मै रेष्टुरेण्ट व्यवसाय गरेर बसेका छन् । गीतको मोह अझै नमरेको भन्दै दर्शकले रुचाए नयाँ सिर्जना फेरि गाउने उनले बताएका छन् ।
डिपि खनालको गीतलाई चर्चित संगीतकार ताराप्रकाश लिम्बुले संगीत भरेका छन् भने गीतमा अनु चौधरीले पनि लिम्बुलाई साथ दिएकि छन् । चन्द्र चौधरीको मिक्स मास्टरिङ रहेको उक्त गीत एकस्टिक नेपाल स्टुडियोमा राजु कार्कीले रकर्ड गरेका हुन् । पुर्वकै कुशल भिडियो छाँयाकार भुपेन्द्र तुम्बाहाम्फेले सुन्दर ढंगबाट गीतको छायाङकन गरेका छन् ।
दैनिक ज्यालादारी गर्नेहरुको कथालाई चित्रण गर्दै गीतको म्युजिक भिडियो निक्कै मार्मिक रुपमा बनेको निर्देशक राईले बताए ।
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...