दुई सवारी साधान ठोक्किदा दमकमा दुईको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, ५ माघ । आज दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दमक ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ,उर्लाबारी नगरपालिका वडा नम्बर ४ का ५० बर्षिय विरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका सन्तोष श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् ।

दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा ७ निवासी २४ वर्षीय सौजन मगर, दमक ४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ निवासी २८ वर्षीय रमेश पोखरेल समेत घाइते भएका छन् ।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्वरको अटो आपसमा ठक्कर खाएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएको प्रहरीले जनाएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...