चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार विजयी

 लिम्बुवान न्युज
                       

दमक, माघ ६।  झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृत जीवराज भट्टराईले दिएको जानकारी अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनको मत परिणाम अनुसार राईले २४९ मत पाएका थिए भने उपविजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सुखराज लिम्बुले ११० मत पाएका छन ।

उपाध्यक्षमा उषा भण्डारी, सहसचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ, ओमकुमार प्रधान, चन्द्रबहादुर कार्की, पिताम्बर खडका, रणबहादुर बराइली र भक्तबहादुर कार्की तथा लेखा सदस्यद्धयमा निर्वाचित भएका छन् । संस्थाको कार्यालयमा सोमबार सम्पन्न भएको मतदानको मतगणना मध्यरातमा मात्र सकिएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...