चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार विजयी

,   लिम्बुवान न्युज
                       

दमक, माघ ६।  झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृत जीवराज भट्टराईले दिएको जानकारी अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनको मत परिणाम अनुसार राईले २४९ मत पाएका थिए भने उपविजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सुखराज लिम्बुले ११० मत पाएका छन ।

उपाध्यक्षमा उषा भण्डारी, सहसचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ, ओमकुमार प्रधान, चन्द्रबहादुर कार्की, पिताम्बर खडका, रणबहादुर बराइली र भक्तबहादुर कार्की तथा लेखा सदस्यद्धयमा निर्वाचित भएका छन् । संस्थाको कार्यालयमा सोमबार सम्पन्न भएको मतदानको मतगणना मध्यरातमा मात्र सकिएको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;