अमेरिकामा आज जोन वाइडेनले राष्ट्रपतिको सफथ लिँदै, डोनाल्ड राष्ट्रपति भवनबाट आज घरफर्कदै

,   लिम्बुवान न्युज
                       

एजेन्सी। आज संयुक्त राज्य अमेरिकाको राजधानीमा मध्यान्ह एक समारोहका बीच निर्वाचित राष्ट्रपति जोइ बाइडेनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहबाट बाइडेनले राष्ट्रपतिको पदीय शपथ लिदै ह्वाइट हाउसको यात्रा तय गर्नुहुनेछ ।

संसार कै शक्तिशाली राष्ट्रको प्रमुखले पदभार ग्रहण गर्दा विगतको जस्तो तामझाम नहुने स्रोतले जनाएको छ । सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा अघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन हो । सो आक्रमणमा पाँच जना प्रदर्शनकारीको ज्यान गएको थियो ।

राष्ट्रपति निर्वाचित बाइडेनले आफ्नो गृहनगर विल्मिगटनबाट वाशिंगटन डीसीको यात्रा तय गर्दै पदभार ग्रहण गर्नुहुने कार्यक्रममा कोभिड १९ को संक्रमण फैलन सक्ने स्थितिलाई ध्यानमा राखेर सामाजिक दुरीको पालना गर्दै विशिष्ट पाहुना बस्ने कुर्सी मात्र समारोह स्थलमा राखिने जनाइएको छ । तर त्यहाँ उपस्थित अतिथिहरु कोरोना नेगेटिभ भएको हुनुपर्ने र माक्स अनिवार्य लगाउने मापदण्ड समेत तय भएको छ ।

विगतको जस्तो नेशनल मल अगाडि बढी संख्यामा समर्थक हुने छैनन् । यसअघि सन् २००९ मा बराक ओबामाले राष्ट्रपति पदको शपथ लिँदा सो स्थानमा करिब २० लाख समर्थक जम्मा भएका थिए ।

आज राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोरेर घर्र फर्कदैछन् ।

जाँदाजाँदै हामी जे गर्नका लागि यहाँ आएका थियौं, त्यो ग¥यौं र अरू धेरै पनि ग¥यौं,’ ट्रम्पले भने । उनले अमेरिकी जनतालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई सफलता मिलोस् भन्ने कामना गर्दै उनीहरूलाई हाम्रो शुभेच्छा छ र उनीहरूलाई भाग्यले साथ देओस् भनेका छन् ।

ट्रम्पले आफ्नो परिवार, उपराष्ट्रपति माइक पेन्सको परिवार र अन्य कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

‘सबैभन्दा धेरै म अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने,’तपाईंहरूको राष्ट्रपतिका रूपमा काम गर्न पाउनु शब्दमा व्याख्या गर्न नसकिने सम्मान हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे आफ्ना समकक्षीहरुसँग छलफल थालेको स्रोतले जनाएको छ ।

अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव कायम राख्न ट्रम्पले नयाँ पार्टी खोल्ने योजना बनाएको समाचार प्रकाशन गरेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;