जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।

बिगत केहि बर्ष देखि मुटु रोग सम्बन्धि समस्याका कारण उपचाररत उनी गत कार्तिकमा मात्र बेलायतदेखि नेपाल आएका थिए । राजनीति बाहेक दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य लगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय देउकुमार स्व.नेम्बाङका कान्छा छोरा हुन् । पान्थर चिलिङदिन ५, पात्लेमा जन्मिएका स्व. नेम्बाङका दुई छोरा र पाँच छोरीहरु छन् ।

उनको पार्थिब शरीरको आज शुक्रवार मध्यान्ह १२ः३० बजे नै कमल गाउँपालिका ५ स्थित साबित्रा चौक उत्तरको समाधिस्थलमा अन्त्येष्टि हजारौंको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...