राष्ट्रिय बहुमुखी सहकारीको माघ १६ र १७ मा सहकारी शिक्षा प्रशिक्षण हुने

 लिम्बुवान न्युज
                       

दमक, ९ माघ । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले संस्थागत क्षमता अभिबृद्धि गराउने उद्देश्यले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आज संस्थाको कार्यालयमा बसेको शिक्षा उपसमितिको बैठकले यहि माघ १६ र १७ गते दुई दिवसीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको व्यवस्थापक कृष्ण गोलेले वताएका छन् ।

प्रशिक्षणमा सहकारीको उद्देश्य, लेखा पद्दति र यस सम्बन्धि कानुनका बारेमा विषयगत प्रशिक्षकले सहजीकरण गर्ने गोलेले वताए ।

शिक्षा उपसमितिका संयोजक दिपेनवाला राईको अध्यक्षतामा बसेको बैठकले संस्थामा आवद्ध सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको सहकारीका बारेमा थप अभिमुखीकरण गराउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

संस्थाको आफनै सभाहलमा सञ्चालन हुने तालिममा तीन दर्जन बढीको सहभागिता रहने जनाईएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहजीकरण गर्ने छन् ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...