नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

 लिम्बुवान न्युज
                       

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले बताएका छन् ।

प्रदर्शन सभालाई तीन पूर्व प्रधानमन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । उनीहरुले दोस्रो जनआन्दोलन झल्कने गरि सडकमा कार्यकर्ताहरुको उपस्थिति भएकोमा धन्यवाद दिदै यो कास्टिङ् मात्रै भएको अब फिल्म शुरु हुने उद्घोष गरेका छन् । अब जनता जागेका छन् ओलीको असंवैधानिक कदमको विरुद्ध सडकदेखि सदनसम्म पुग्ने चेतावनी नेताहरुले दिएका छन् ।

सभा पूर्व काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुगेपछि शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बनेपछि जुलुस एकैपटक निक्सन सकेन । त्यसपछि केही पुतलीसडकबाट भृकुटीमण्डप पुगेको थियो भने केही सिधै सभास्थल पुगेर मिस्सिएको थियो ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...