पौडेल वंश महासंघको झापा जिल्ला अध्यक्षमा नेत्र पौडेल चयन

 लिम्बुवान न्युज
                       

दमक। आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला दमकमा सम्पन्न भएको छ ।
आज भएको भेलाले बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरिएको हो ।

दमक ७ स्थित पौड्याल वंशोद्वार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ । त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ । सदस्यहरुमा सुकदेव, शिव, काजिमान, गोपाल र गोविन्द प्रसाद पौडेल चयन भएका छन ।

महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुने गरी विस्तार गरिने जनाइएको छ । महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए भने सो भेलामा प्रमुख अतिथी लोकनाथसहित महासंघकी केन्द्रिय उपाध्यक्ष बालिका पौडेल र केन्द्रिय सदस्य कमल प्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए । सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेकाे महासंघका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...