मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञहरुलाई मात्र निमन्त्रणा गरिएको बताइएको छ । समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ । मुख्यमन्त्री विवाह समारोहको तयारी गर्नका लागि काठमाडौं आइसकेको र विवाह समारोहका लागि सम्पूर्ण तयारी भइसकेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सयको हाराकारीमा निम्तो बाँडिएको बताइएको छ । त्यसमध्ये केही पत्रकारसमेत परेका छन् ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

विवाह पार्टी हुने स्थानलाई सजाउने काम तीव्र चलिरहेको छ । दुलहा–दुलही बस्ने ठाउँदेखि पाहुना रहने ठाउँहरु चिरिच्याट्ट बनाइएको स्रोतले जनाएको छ ।

(दृष्टिन्यूजबाट)

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...