लिम्बुवानको विभिन्न जिल्लामा संगठन विस्तार तिब्र

,   लिम्बुवान न्युज
                       

दमक। संघीय लिम्बुवान मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्चको फिदीम नगरसमिति विस्तार भएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य सुनिता केरुङका अनुसार एलिसा योङ्याको अध्यक्षमा १७ सदस्यीय समिति संगठन विस्तार भएको हो ।

शनिबार फिदीम बजारमा भएको उक्त समिति विस्तारबाट उपाध्यक्षमा नितु तुम्बापो, सचिवमा रिता जवेगु, अर्थ–सचिवमा युमी केरुङ, सह–सचिवमा सोभा सेर्मा, सदस्यहरुमा रुपा केरुङ, सीतामाया केरुङ, अञ्जुली केरुङ, विन्दु केरुङ, गंगा केरुङ, बबिता तुम्बापो, धनकुमारी यवा, सुमीत्रा जवेगु, कल्पना केरुङ लगायत रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि मञ्चका महासचिव संगठन खनाल, उपमहासचिव भविराज तुम्सा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ५ मा कोरिया प्रवासमा लामो समय रहेर पहिचान राजनीतिमा सक्रिय रमेश लक्सम र अश्विन इधिङ्गोको विशेष पहलमा लक्ष्मीध्वज इम्बुङकाे अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको विद्यार्थी नेता आधार घिमीरेले बताए ।

शुक्रबार गठित समितिको बरिष्ठ उपाध्यक्षमा राजकुमार योङहाङ (लोटस), उपाध्यक्षहरुमा पूर्णा इम्बुङ, चितकुमार लक्सम, सचिव विक्रम सेलीङ, सहसचिव जमिला योङहाङ (इम्बुङ), कोषाध्यक्षमा इन्चा लक्सम, सदस्यहरुमा मणिराज इम्बुङ (बदहरे), चन्द्र लक्सम, जमुना योङहाङ (इम्बुङ), सोनी योङहाङ, मुस्कान योङहाङ, मौसम योङहाङ, अंकित इम्बुङ, दीपक लक्सम, रोमन लक्सम (माम्बोटे) र एईतराज योङहाङ् रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा कुमार इम्बुङ र गजलाल योङहाङ चयन भएका छन् ।

ताप्लेजुङकाे सिरीजंगा गाउँपालिका ५ मा नेपाली कांग्रेस, नेकपा र राजपा परित्याग गरि ३१ जना संघीय मञ्च अन्तरर्गत लिम्बुवान मञ्चमा प्रवेश गरेको मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्ले बताए । कार्यक्रममा लाबुङ्सँगै केन्द्रीय सचिवालय सदस्य उदय लिङ्देन, तुलसी परा, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, विद्यार्थी महासिचव कुलराज मावो लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी झापाको कन्काई ५ मा मङगलसिं थोप्राको अध्यक्षतामा वडा समिति गठन भएको केन्द्रीय सचिव राजु राईले जनाएका छन् । उनको अनुसार समितिको उपाध्यक्षमा कर्ण भुजेल, सचिवमा प्रेम सम्बाहाम्फे, अर्थसचिवमा देव राई लगायत ३१ सदस्यीय वार्ड कमिटी गठन भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्षले निर्वाचित कार्यसमितिलाई वधाई तथा कार्यकालको शुभकामना दिएका छन् । कार्यक्रममा मञ्चका पहिचान सदस्इ सितारा राई, जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, दलित नेता गणेश भितृकोटी, जिल्ला नेताहरु, लिम्बुवान भोलेन्टियर्स कमाण्डरहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;