इलाममा लिम्बुवानको सिसिओ अभियान शुरु

 लिम्बुवान न्युज
                       

इलाम। संघीय लिम्बुवान मञ्च, नेपालले इलाम जिल्लामा सिसिओ अभियान शुरुभएको उद्घोष गरेको छ । सोमबार देउमाई ५ को धुसेनीमा मञ्चले वार्ड समिति विस्तार, राजनैतिक एजेण्डा वितरण र अन्तरक्रिया कार्यक्रम गरि सिसिओ अभियान शुरु गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव एवं संचार विभाग प्रमुख दिल कुमार लावतीको उपस्थितिमा भएको कार्यक्रममा देउमाई ५ मा सुरज लिम्बुको अध्यक्षतामा वार्ड समिति विस्तार भएको छ ।

साँझ गठित समितिको उपाध्यक्षमा नर्मल शेर्पा, शोभित लुईटेल, रनवीर रनपहेली रहेका छन् त्यसैगरी सचिवमा सिमा लिम्बु, सह–सचिव प्रकाश लिम्बु, अर्थसचिवमा पुष्पा लिम्बु रहेका छन् । त्यसैगरी सदस्यहरुमा समिक्षा राई, सन्दिप लिम्बू, मन कुमार लिम्बु, सागर लिम्बु, सुर्य लुईटेल, सुस्मिता लिम्बु, बिशाल श्रेष्ठ, शुशिला लिम्बु, सलिना लिम्बु, दातेम्बा शेर्पा, बेगिन्द्र लिम्बू, कृष्णमाया लिम्बु, स्वस्तिक लिम्बु, राजु लिम्बू र मन कुमारी लिम्बू रहेका छन् ।

मञ्चका उपमहासचिव लिम्बुले मञ्चले प्रकाशन गरेको राजनैतिक एजेण्डा बारे आफ्नो धारणा राख्दै देशकै एक मात्र संघीय पार्टी भनेकै मञ्च भएकोले मञ्चको अवधारणा अनुसार राज्यको पुनःसंरचना गरी १०+१ प्रान्त निर्माण गर्दै सबै जातीहरुको अस्तित्व कायम रहने पहिचान सहितको संघीय देश निर्माणमा मञ्च जस्तो राजनैतिक दलको आवश्यकता महसुस गर्दै २०६२ सालमा स्थापना भएको बताए । मञ्च नेपालको एक मात्र संघीय पार्टी भएको जिकीर गर्दै उमहासचिव लावतीले सबै जाती समुदायको अपनत्व यो पार्टीले मात्र गर्ने बताए ।

लिम्बुवान मञ्चका इलाम जिल्ला अध्यक्ष दिपक योङहाङले जिल्लामा केन्द्रले घोषणा गरेको सिसिओ अभियान अन्तर्गत जिल्लामा १०० वटा भन्दा धेरै कार्यक्रम गर्ने बताए । उनले सिसिओ अभियान अन्तरर्गत जिल्लाको सबै स्थानीय तह र वार्डहरुमा पुग्ने अभियान शुरुभएको बताए ।

कार्यक्रममा लिम्बुवानका केन्द्रीय सदस्य सोम बेघा, जिल्ला सचिव अम्बिका योङहाङ, जिल्ला सचिवालय सदस्य राजन लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...