मोरङमा लिम्बुवानको एकदिने राजनीतिक प्रशिक्षण, खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

,   लिम्बुवान न्युज
                       

बेलबारी। संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिले एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

संघीय मञ्चको मेचीकाली अभियानको दोस्रो चरणको कार्यक्रम अन्तर्गत लिम्बुवानको सबै जिल्लामा राजनीतिक प्रशिक्षणको आयोजना गरिने कार्यक्रमका प्रमुख अतिथि तथा अभियानका संयोजक अध्यक्ष लिङ्देन बताए । खास गरेर अहिलेको एकात्मक राज्य सत्ताको नालायकिपनको विरुद्ध मञ्चले भण्डारफोर अभियान गर्दै मेचीकाली अभियान शुरु गरेको– अध्यक्ष लिङ्देनले भने । मञ्चको डकुमेन्ट सबै जिल्लामा पु¥याई एकात्मक पार्टीहरुसँग खुल्ला प्रतिस्पर्धा गर्दै पहिचान सहितको १०+१ प्रान्तको खाँका कोर्न मञ्च सक्रिय भएको प्रशिक्षणको क्रममा अध्यक्ष लिङ्देनले भनेका छन् । चुनौतीहरुको चाङ्बाट मञ्चको राजनीति अघि बढेको हुँदा यो कहिल्यै नझुक्ने राजनीति दर्शन बोकेर उदाएको पार्टी हो । १ हजार बर्षसम्म पहिचान विरोधी, संघीय विरोधी र गणतन्त्र विरोधी तत्वहरुसँग संघर्ष गर्न मैदानमा उत्रिएको पार्टी भएको हुँदा सबै नेता कार्यकर्ताहरुलाई अब खुट्टा नकमाउन लिङ्देनले आव्हान गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्का वक्ता मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले संघीय पार्टी भएको हुँदा हाम्रो मुद्दा प्रष्ट छ कि हामी संघीय राज्य निर्माणमा निस्किएका छौं । बरु हामी मरौंला तर पहिचानको राजनीति अब नेपालमा कहिल्यै नमर्ने बताए । त्यसैगरी कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, संघीय अर्थ संयोजक विष्णु यक्सो, उपमहासचिव तथा जिल्ला इन्चार्ज दिल कुमार लावती, उपमहासचिव तथा लिम्बुवान महिला अध्यक्ष इन्दीरा मेन्याङ्बो, संघीय दलित शिल्पीमञ्चका महासचिव शर्मिला वागचन्द लगायतले कार्यक्रममा सहभागी नेताहरुलाई पार्टीको गतिविधि र आगामी कार्यक्रमहरुका बारेमा आफ्ना विचार राखेका थिए ।

मोरङ् जिल्लामा रहेका केन्द्रीय नेता, जिल्ला नेता, क्षेत्र, नगर, गाउँ र वार्डका प्रमुखहरुलाई राजनीतिक प्रशिक्षण दिईएको उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला अध्यक्ष दिलु लिङ्देनले गरेका थिए । कार्यक्रमकमा स्वागत मन्तव्य जिल्लाका बरिष्ठ उपाध्यक्ष जीवन खेवाले गरेका थिए भने संचालन जिल्ला सचिव विशाल तिरुवाले गरेका थिए ।

सो प्रशिक्षण कार्यक्रममा मोरङ १०० भन्दा धेरै नेताहरुको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;