मुसाहाङ प्रतिष्ठानको चौथो जिल्ला अधिबेशन सम्पन्न

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति पान्थरको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । पान्थरको मिक्लाजङ गाउँपालिका वडा नम्बर ८ दुर्दिम्बा(तुरीतेम्बे) पिन्द्रुक्वाबुङमा अधिवेशन सम्पन्न भएको हो ।

धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि सदस्य तथा प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्य नारायण मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यता रहेको अधिबेशनले आयुष मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ ।

उपाध्यक्षमा सरिमाया मुसाहाङ, सचिवमा काली प्रसाद मुसाहाङ, सह–सचिवमा जेन्टल मुसाहाङ र कोषाध्यक्षमा रामकुमार मुसाहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा छबिलाल मुसाहाङ र उत्तरकुमार मुसाहाङ्लाई चयन गरेको छ ।

अधिबेशनमा कार्यक्रमका प्रमुख अतिथि जनप्रतिनिधि वडा सदस्य नारायण मुसाहाङ्लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रामप्रसाद मुसाहाङ, महासचिव मुसाहाङ अम्याङसा डिल्लीश्वर, सचिव गोपिराम मुसाहाङ, केन्द्रीय सदस्य माक्लुहाङ मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति अध्यक्ष मुकुन्द मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला उपाध्यक्ष भिमकुमारी मुसाहाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन सचिब आयुश मुसाहाङले गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;