मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।

धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि सदस्य तथा प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्य नारायण मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यता रहेको अधिबेशनले मङगले मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा फुलकुमारी मुसाहाङ, सचिवमा रुप नारायण मुसाहाङ, सह–सचिवमा प्रेमकुमार मुसाहाङ, कोषाध्यक्षमा तिलबहादुर मुसाहाङ त्यसैगरी सदस्यहरुमा अर्जुन कुमार मुसाहाङ र मनि कुमार मुसाहाङ निर्वाचित भएका छन् ।

अधिबेशनमा प्रतिष्ठानका केन्द्रीय बरिस्ठ उपाध्यक्ष हस्त बहादुर मुसाहाङ, महासचिव मुसाहाङ अम्याङसा डिल्लीश्वर, उप–महासचिव यज्ञ बहादुर मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ, सुनसरी) जिल्ला शाखा अध्यक्ष मङगले मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी जिल्ला उपाध्यक्ष फुलकुमारी मुसाहाङले स्वागत मन्तव्य राखेकी उक्त कार्यक्रम सचिव प्रेम कुमार मुसाहाङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...