मलेसियामा युमा साम्यो महासभाको समिति बन्यो, महासचिवमा सुमन येक्तेन निर्वाचित

 लिम्बुवान न्युज
                       

मलेसिया। युमा साम्यो महासभा मलेसियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसियामा सम्पन्न अधिवेशनले पुरानाे तदर्थ समितिलाई पूर्णता दिदै नयाँ कार्य समिति बनेको हो ।

भरत केदेमको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको महासचिवमा सुमेन येक्तेन सर्वसहमतिले निर्वाचित भएका छन् । त्यसैगरी संस्थापकमा पेशल माबुहाङ र संरक्षकमा उदय चोङ्बाङक्याक् रहेका छन् ।

यसैगरी वृहत जुम बैठकमार्फत गठित समितिको उपाध्यक्षहरुमा इन्द्रकुमार आङबुहाङ र भिम साउदेन, महिला उपाध्यक्षमा गीता वनेम, सचिव लाल वनेम र कोषाध्यक्षमा रबिन पालुङवा चयन भएका छन् ।
साथै सदस्यहरुमा अमृत आङबुहाङ, हर्क ब तुम्बाहाङफे, बिस्णु ब. खजुम, मन कु पालुङवा, सन्तोष माबो, राज कु अन्छ्ङबो, सन्तोष माबुहाङ, राम कु पालुङवा, सुक ब वनेम, शान्तिराम इङनाम, लाजेहाङ यक्सो, मिलन यक्सो, सबिन फागो, टेक ब पन्धाक, महेन्द्र यक्सो, सेर बहादुर चेम्जोङ, श्रीमान ओख्राबु, सुरेन निङलेकु, दिनेश फ्याक, नरेन्द्र यक्सो, असारे कान्छा मुसाहाङ लिम्बू, तेज कु.लिम्बु, निर्मल साउदेन, दिल कुमार लिम्बु (थेगिम), दिपक साउदेन, मिसन अन्छङ्बो, कुमार आङ्देम्बे, चन्द्रकुमार सुहाङ, मनोज लिम्बु र कान्छाहाङ फियाक चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा तुलसी माबुहाङ, खगेन्द्र खजुम, अटल सेनेहाङ, कमल काम्बाङ, खगेन्द्र इम्सङ, भिम थेबे, रोशन लेःवा, सन्त कुमार साँवा, कविन्द्र चोङबाङ, अमर थेगीम, मनिकुमार इजम र आइतराज येक्तेन छन् ।

याक्थुङ जातिको मौलिक संस्कार, मुन्धुम र मुन्धुमसँग प्रत्यक्ष जोडिएका प्रागऐतिहासिक मुन्धुमी स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने महान उद्देश्यका साथ निकट भविष्यमै हुन गइरहेको २०७८ सालको बाह्रौँ राष्ट्रिय जनगणनामा जातिको कोलममा “याक्थुङ लिम्बू“ र धर्मको महलमा “युमा धर्म“ लेखेर अघि बढ्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जाहेर अधिवेशन सम्पन्न भएको नव निर्वाचित समितिका महासचिव सुमन येक्तेनले बताए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...