म्यानमारमा सैनिक ‘कू’ एक बर्ष संकटकाल घोषणा, प्रजातन्त्रवादी नेतृ सुकी हिरासतमा

 लिम्बुवान न्युज
                       

एजेन्सी । म्यानमारमा त्यहाँको सेनाले सैनिक ‘कू’ गरेको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको समेत घोषणा गरेको छ ।

जनरल मिन आङ हलिङ्ग

म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएसँगै राष्ट्रपति विन मिन्ट र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

म्यानमार सैनिक टेलिभिजनमा एक सन्देश जारी गर्दै भनिएको छ– सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव भई रहेको अवस्थामा म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक समेत खारेज गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहित मुख्य–मुख्य शहरमा सेनाले सैनिकको तैनाथी बढाएको छ साथै राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरेको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...