सूर्यदर्शन साकोसले ल्यायो ५ लाखको निशुल्क दुर्घटना बीमा

 लिम्बुवान न्युज
                       

दमक। दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले पाँच लाखको निशुल्क दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । संस्थाले आज देखि आफना सदस्यहरुका लागि पाँच लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिदिने कार्यक्रम ल्याएको हो ।

न्यूनतम १० कित्ता शेयर भएका संस्थामा नियमित बचत गर्ने सदस्यहरुलाई यो कार्यक्रममा समावेश गराइने संस्थाले जनाएको छ ।

सो कार्यक्रममा नियमित मासिक बचत गर्ने तथा संस्थामा नियमानुसार बुझाउनु पर्ने रकम नियमित बुझाएका सदस्यहरुले यो सुविधा पाउने संस्थाका कर्जा प्रमुख ईश्वर नेपालले जानकारी दिए ।

संस्थाले सो कार्यक्रममा सहभागी हुन सहकारीको बजार शाखाका कर्मचारी वा संस्थामा सोझै सम्पर्क गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...