सूर्यदर्शन साकोसले ल्यायो ५ लाखको निशुल्क दुर्घटना बीमा

,   लिम्बुवान न्युज
                       

दमक। दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले पाँच लाखको निशुल्क दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । संस्थाले आज देखि आफना सदस्यहरुका लागि पाँच लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिदिने कार्यक्रम ल्याएको हो ।

न्यूनतम १० कित्ता शेयर भएका संस्थामा नियमित बचत गर्ने सदस्यहरुलाई यो कार्यक्रममा समावेश गराइने संस्थाले जनाएको छ ।

सो कार्यक्रममा नियमित मासिक बचत गर्ने तथा संस्थामा नियमानुसार बुझाउनु पर्ने रकम नियमित बुझाएका सदस्यहरुले यो सुविधा पाउने संस्थाका कर्जा प्रमुख ईश्वर नेपालले जानकारी दिए ।

संस्थाले सो कार्यक्रममा सहभागी हुन सहकारीको बजार शाखाका कर्मचारी वा संस्थामा सोझै सम्पर्क गर्नुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;