रविमा पहिचानविरोध विरुद्ध गर्जिए कुमार लिङ्देन

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ। एकात्मकवादी पार्टीहरुको अराजनैतिक र असंवैधानिक कदमले मूलुक संकटमा फस्दै गएकोले पहिचान विरोधहरुको विरुद्ध एकजुट भएर जरैदेखि उखेलेर फालेमात्र देशमा नयाँ परिवर्तन हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । शनिबार मिक्लाजुङकाे रविवजारमा संघीय लिम्बुवान मञ्च, मिक्लाजुङले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नेक्रममा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा गर्जिदै अध्यक्ष लिङ्देनले नेकपा र कांग्रेसको विकासे ललिपपमा नभूल्न रविबासी जनतालाई आग्रह गरे । उनले भने— देशको मुहार फेर्नु छ भने अब पुरानो पार्टीको पछि लागेर परिवर्तन नुहेन बताए । जबसम्म सबै जाती, समुदाय र वर्गलाई अधिकार सहितको नागरिक बनाउन सकिदैन परिवर्तन हुन नसक्ने बताए । केपी ओलीको असंवैधानिक कदमले मुलक द्वन्द्व तर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै एउटाको दलको दुई तिहाई बहुमत हुँदैमा देश परिवर्तन नहुने बताए । कांग्रेसले विगतमा गरेको संसद विघटनलाई टेक्दै ज्ञानेन्द्रले कु गरेर दोस्रो जनआन्दोलन पश्चात ज्ञानेन्द्रको सत्ताच्यूत भएता पनि दुई तिहाई मत पाएको नेकपाले पनि अन्ततः पुनः संसद विघटन गरेका छन् । त्यसको विरुद्ध सबै दल मिलेर संयुक्त आन्दोलन गर्नको निमित्त आव्हान गरेका छन् । अध्यक्ष लिङ्देनले शक्तिशालि जातीय सभा गठन गर्नु पर्ने त्यो संविधान मै उल्लेख गरिनु पर्ने त्यसले मात्र प्रधामन्त्रीलाई शक्तिशाली बन्न नदिने बताए । अर्को प्रसङ्गमा अध्यक्ष लिङ्देन मञ्च १०+१ प्रान्तवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयवादी भएको स्पष्ट पारेका छन् । उनले संविधान अपुरो भएको हुँदा संविधान पुनर्लन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव दिल कुमार लावती, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ, पान्थर जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका सचिवालय सदस्य सुखबहादुर थेगिम, हेम जवेगु, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, रिता मादेन लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

किरात याक्थुङ् साङ्दवा केलाङ् मिक्लाजुङ् ५ ले सुन्दर केलाङ् नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम लिम्बुवान मञ्च मिक्लाजुङ्का अध्यक्ष भानु फियाकको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई उपाध्यक्ष भक्तबहादुर नेम्बाङ्ले स्वागत र युवा नेता प्रकाश अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

सोही दिन लिम्बुवान मञ्च पाँचथर जिल्ला कमिटीले फाल्गुनन्दको घुर्बिसे पञ्चमी, फिदिन नगरपालिका, याङवरकको नागी र हिल्लीहाङको हस्तपुरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया र पार्टीको राजनीतिक एजेण्डा पुस्तक वितरण गरेको मञ्चका महासचिव तथा पाँचथर जिल्ला इन्चार्ज संगम खनालले बताए ।

आगामी फाल्गुनमा हुने संघीय लिम्बुवान मञ्च, नेपाल पाँचथरकाे जिल्ला अधिवेशनलाई लक्षित गरेर स्थानीय पालिकाहरुमा कार्यक्रमलाई तिब्रता दिइएको मञ्चका जिल्ला अध्यक्ष सागर केरुङ्ले बताए ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;