फाकफोकमा लिम्बुवानको अन्तरक्रिया, अध्यक्षमा फुर्सद याेङहाङ

 लिम्बुवान न्युज
                       

इलाम। संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्ला समितिले फाकफोक ४ मा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार साँझ आयोजित कार्यक्रम मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा आयोजना गरेको हो ।

संघीय मञ्चको दोस्रो चरणको मेचीकाली राजनीतिक अभियानको अन्तिम कार्यक्रमको रुपमा आयोजित उक्त कार्यक्रममा महासचिव योङहाङ्ले वर्तमान देशको राजनीति उथलपुथलको वावजुद पहिचान सहितको १०+१ प्रान्त निर्माणको दर्वियानमा निस्किएको एकमात्र पार्टी मञ्चले जनताको घरआँगन मै पुगेर अधिकार प्राप्तिको विकल्पको रुपमा उभिएर देशव्यापी कार्यक्रममा निस्किएको बताउनु हुँदै कोही पनि अब अधिकारको निमित्त चुप लागेर बस्न नहुने बताइन् । अब पनि अधिकारको निमित्त हामी चुप लाग्ने हो भने नेकपा र कांग्रेस जस्ता अवसरवादी पार्टीहरुको भोटबैंक मात्र भईने हुँदा त्यस प्रति सजक रहन अनुरोध गरिन् ।

कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, उपमहासचिव दिल कुमार लावती, दलित मञ्चकी महासचिव शर्मिला वागचन्द, सचिवालय सदस्य हेम जवेगु लगायतले सचेत युवाहरु पहिचान, संघीयता र आत्मानिर्णय अधिकार सहितको संघीय राज्य निर्माणको निमित्त एकजुट भएर उभिन्न अनुरोध गरेका छन् । कार्यक्रममा मञ्चका संघीय सदस्य चन्द्र लिम्बु, सुर्य लिम्बु, नारायण लावती र रिता मादेनको उपस्थिति रहेको थियो ।

यसैगरी सो कार्यक्रममा फुर्सद लिम्बुको अध्यक्षतामा १७ सदस्यीय फाकफोक वडा नं. ४ को संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ । समितिको उपाध्यक्षमा विक्रम सुब्बा, सचिव समुन्द्र सुब्बा, अर्थसचिव धर्मेन्द्र लिम्बु चयन भएका छन् भने सदस्यहरुमा सन्तवीर लिम्बु, कमल लिम्बु, इन्द्रमान लिम्बु, कविराज लिम्बु, खगेन्द्र लिम्बु, सञ्जय लिम्बु, मन प्रसाद लिम्बु, डकेन्द्र लिम्बु, गोविन्द लिम्बु, रितु लिम्बु, याम बहादुर लिम्बु र राजकुमार लिम्बु योक्पादेन चयन भएका छन् ।

कार्यक्रम लिम्बुवान मञ्च इलाम जिल्ला उपाध्यक्ष सानबहादुर योङहाङ्को सभाध्यक्षतामा भएको उक्त कार्यक्रमलाई जिल्ला अध्यक्ष दिपक योङहाङ्ले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...