नेकपा विभाजनको असर स्थानीय तहसम्म, करारमा नियुक्ती भएका कर्मचारी हटाईदै

 लिम्बुवान न्युज
                       

तेह्रथुम । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म परेको छ । ओली समुहमा लागेका कारण स्थानीय तहले कर्मचारी नै हटाउन थालेका छन् ।

पार्टी विभाजनमा फरक समूहमा लागेपछि नेकपा नेतृत्वमा रहेका स्थानीय तहले करारमा राखेका कर्मचारी हटाउन थालेका छन् ।

तेह्रथुमको छथर गाउँपालिकाले करारमा कार्यरत तीन जना कर्मचारीलाई हटाएको छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले स्वकीय सचिव सहित आफैँले नियुक्ति गरेका अन्य दुई जना करारका कर्मचारी हटाएका हुन् ।

गाउँपालिकाले करारमा कार्यरत तीन जना कर्मचारीको करार भङ्ग गरेको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुलाई गाउँपालिकाले स्थानीय सरकारको मर्म, भावना, उद्देश्य र पेशाप्रति बफादार नभई समय र कामलाई बेवास्ता गरेको भन्दै कारवाही गरेको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को साताँै गाउँसभा तथा चौँथो बजेट अधिबेसनबाट पारित नीतिगत निर्णय नम्बर १३ अनुसार स्थानीय सरकार संञ्चालन ऐनको दफा–१६ (क) ५ को व्यवस्थाअनुसार कारवाही गरेको हो ।

गाउँपालिकाका अनुसार कम्प्युटर अपरेटर तुलसीमान तिगेला, स्वकीय सचिव युवराज लुइटेल र सामाजिक परिचालक रमेशलाल श्रेष्ठलाई कारवाही गरेको हो ।

श्रोतका अनुसार कारवाहीमा परेका कर्मचारीमा २१ माघमा सदरमुकाम म्याङलुङ्गमा आयोजित ओली समूहको कार्यक्रममा सहभागी हुन गएका थिए । सोही दिन छथर गाउँपािलकामा प्रचण्ड–नेपाल समूहले पनि सभाको आयोजना गरेको थियो । सभालाई नेता योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

अध्यक्ष लिम्बू भने प्रचण्ड–नेपाल समूहसँग नजिक छन् । तर उपाध्यक्ष तारादेवी ढकाल भने ओली समूहमा छिन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...