नेकपा विभाजनको असर स्थानीय तहसम्म, करारमा नियुक्ती भएका कर्मचारी हटाईदै

,   लिम्बुवान न्युज
                       

तेह्रथुम । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म परेको छ । ओली समुहमा लागेका कारण स्थानीय तहले कर्मचारी नै हटाउन थालेका छन् ।

पार्टी विभाजनमा फरक समूहमा लागेपछि नेकपा नेतृत्वमा रहेका स्थानीय तहले करारमा राखेका कर्मचारी हटाउन थालेका छन् ।

तेह्रथुमको छथर गाउँपालिकाले करारमा कार्यरत तीन जना कर्मचारीलाई हटाएको छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले स्वकीय सचिव सहित आफैँले नियुक्ति गरेका अन्य दुई जना करारका कर्मचारी हटाएका हुन् ।

गाउँपालिकाले करारमा कार्यरत तीन जना कर्मचारीको करार भङ्ग गरेको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुलाई गाउँपालिकाले स्थानीय सरकारको मर्म, भावना, उद्देश्य र पेशाप्रति बफादार नभई समय र कामलाई बेवास्ता गरेको भन्दै कारवाही गरेको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को साताँै गाउँसभा तथा चौँथो बजेट अधिबेसनबाट पारित नीतिगत निर्णय नम्बर १३ अनुसार स्थानीय सरकार संञ्चालन ऐनको दफा–१६ (क) ५ को व्यवस्थाअनुसार कारवाही गरेको हो ।

गाउँपालिकाका अनुसार कम्प्युटर अपरेटर तुलसीमान तिगेला, स्वकीय सचिव युवराज लुइटेल र सामाजिक परिचालक रमेशलाल श्रेष्ठलाई कारवाही गरेको हो ।

श्रोतका अनुसार कारवाहीमा परेका कर्मचारीमा २१ माघमा सदरमुकाम म्याङलुङ्गमा आयोजित ओली समूहको कार्यक्रममा सहभागी हुन गएका थिए । सोही दिन छथर गाउँपािलकामा प्रचण्ड–नेपाल समूहले पनि सभाको आयोजना गरेको थियो । सभालाई नेता योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

अध्यक्ष लिम्बू भने प्रचण्ड–नेपाल समूहसँग नजिक छन् । तर उपाध्यक्ष तारादेवी ढकाल भने ओली समूहमा छिन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;