ओलीको प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : यादव

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिर्जित प्रतिगमनको स्थितिलाई रोक्न संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् । सोमबार झापाको दमकमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता यादवले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने –“अब फागुन पहिलो हप्ताभित्र जसपा, कांग्रेस र नेकपा (माधव–प्रचण्ड समूह) को संयुक्त मोर्चा गठन गरेर प्रतिगमन विरुद्ध सशक्त आन्दोलन हुन्छ ।”
देशलाई घात र संविधानलाई आघात गर्ने ओली कदमका कारण जनताले प्राप्त गरेका अधिकार गुम्ने खतरा रहेको भन्दै पूर्व मन्त्री समेत रहेका यादवले दलहरुले नभइ जनताको आन्दोलनबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका उपलव्धि प्राप्त भएको भन्दै यसको रक्षाको लागि पनि जनता नै जागरुक हुनुपर्ने जिकिर गरे ।

अर्को एक प्रसङ्गमा यादवले ओलीले दल विभाजन गर्न ल्याएको अध्यादेशलाई असफल सिद्ध गर्दै समाजवादी पार्टी र राजपा एकता भइ जसपा एकता भएको दावी गरे ।

पत्रकारहरुले जसपाको प्रदेश नम्बर १ मा दुईवटा प्रदेश समिति रहेकोमा कुन चाहिँ आधिकारिक हो ? भनी राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने (“राजपा तर्फ प्रदेश १ लगायत सातै प्रदेशमा समिति थिएन । कसैले रातौंरात प्रदेश समिति गठन गरेको भए त्यो अनैतिक कार्य हो । अनैतिक कार्यले पार्टी निर्माण हुँदैन । त्यस्तो कार्यलाई मान्यता दिन सकिदैन । बैकल्पिक शक्ति निर्माण जालझेल गरेर बन्दैन ।
तहगत पार्टी समायोजन कार्यलाई इमान्दारितापूर्वक सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले आफूहरु प्रतिगमन विरुद्ध जनजागरण अभियान सहित पार्टी समायोजन र रूपान्तरण कार्यमा जुटेको बताए ।

प्रदेश १ मा छिट्टै तहगत पार्टी समितिहरु समायोजन र रूपन्तरण गर्ने भन्दै चाम्लिङले मतका आधारमा जसपा तेस्रो शक्ति भए पनि अग्रगामी मुद्दाका आधारमा पहिलो राजनीतिक शक्ति भएको दावी गरे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...