बुधबार, २८ माघ, २०७७ बिहानको ११:०३ बजे,
लिम्बुवान न्युज
काठमाडौं। तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को मंगलबार सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा छथरे भाषामा आधारित छ ।
लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाँचलाई भिडियोमा प्रस्तुत गरिएको छ ।
पाःलामलाई तेज मेन्याङ्बो लिम्बूले रचना गरेका छन् भने सुमन लिम्बूको लय र अशोक लोहरूङ राईको एरेन्ज रहेको छ । पाःलाम गायनमा चर्चित बनेका सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रेकर्ड भएको पाःलाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले साथ दिएका छन् ।
सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पाःलामसम्म आएको बताएका थिए । पहिलो सिक्वेलमा गाउँमा आएको पाहुनासँग धान नाच्ने प्रथालाई प्रकाश पारिएको र दोश्रो सिक्वेलमा टुक्रे बजारलाई संसारलाई बुझाउने प्रयास भएको खापुङको भनाई थियो ।
सार्वजनिक कार्यक्रममा कलाकारहरू रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, कृष्णराज नेम्बाङलगायतले छायांकन हुँदा ज्यादै जाडो भएको अनुभव बताएका थिए । यद्यपि कामको शिलशिलामा जाडोको प्रवाह नभएको पनि कलाकारहरूको अनुभव थियो ।
गायक सुमन लिम्बू र गायिका निरन्ता नेम्बाङले भिडियोमा समावेश भएको पाःलामको टुक्रा सुनाएका थिए ।
चलचित्र निर्देशक दिनेश लिङ्देनले बागमती प्रदेशमा भइरहेको यस सार्वजनिकीकरणमा बसिरहँदा लिम्बुवानमा बसिरहेको छु भन्ने आभास भएको बताएका थिए । पाःलाम विशुद्ध लिम्बू जातिमा हुने र पृथक लयलाई संसारभर पु¥याएकोमा धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमका सभापति लोकेन साम्बाले भिडियो निर्माणमा सबैले साथ दिएकोमा धन्यवाद दिएका थिए । लिम्बू जातिमा रहेको विभिन्न गीत, भाका तथा लयको भिडियो निर्देशन गरिसकेका लोकेन साम्बाले यस पाःलाममा टुक्रेबजारको कथालाई जोड्न सफल भएको बताएका थिए ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...