फाल्गुन ५ मा लिम्बुवान भोलेन्टियर्सको जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले झापाको गौरादहमा बृहत जनप्रदर्शन गर्ने बताएको छ ।

१०औं हजार लिम्बुवान भोलेन्टियर्सको मार्चपास सहित ओली सरकारको प्रतिगमनको विरुद्ध फाल्गुन ५ गते जनप्रदर्शन गर्न लागेको मञ्चका केन्द्रीय सचिव तथा लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले बताए ।

कार्यक्रममा झापा, इलाम र मोरङका कार्यकर्ताहरुको सहभागीता रहने जनाइएको छ । ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको हुँदा जनताको बलमा स्थापना भएको संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा प्रवक्ता राईले बताए । यस्तो गलत कदमको विरुद्ध लिम्बुवान भोलेन्टियर्सले जनप्रदर्शन गर्न लागेको हो – उनले भने ।

सो खबरदारी सभालाई मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने जनाइएको छ । त्यसैगरी अन्य केन्द्रीय नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चीनको लगानीमा बन्ने भनेर झापाको दमक र गौरादहको सिमानामा रहेको हजारौं विगाह जमिनलाई सरकारले अधिग्रहण गरी अवैज्ञानिक ढंगले मुअब्जा वितरण गरेको प्रति भोलेन्टियर्सले ध्यानाकर्षण गर्ने जनाएको छ । सरकारले उचित मुअब्जा वितरण नगरे कडा अान्दाेलन गर्ने भाेलेन्टियर्सले चेतावनी दिएकाे छ ।

क्लिन पार्क नामकरण दिइएको सो क्षेत्रका धेरै जग्गाधनीहरु आफूहरु मारमा परेको गुनासो गरिरहेकाे मञ्चका उपमहासचिव भानु भट्टराईले बताए । उनले सरकारले जग्गाको सही मूल्यांकन गरी जग्गाधनीहरुलाई उच्चित मुअब्जा वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...