फाल्गुन ५ मा लिम्बुवान भोलेन्टियर्सको जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले झापाको गौरादहमा बृहत जनप्रदर्शन गर्ने बताएको छ ।

१०औं हजार लिम्बुवान भोलेन्टियर्सको मार्चपास सहित ओली सरकारको प्रतिगमनको विरुद्ध फाल्गुन ५ गते जनप्रदर्शन गर्न लागेको मञ्चका केन्द्रीय सचिव तथा लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले बताए ।

कार्यक्रममा झापा, इलाम र मोरङका कार्यकर्ताहरुको सहभागीता रहने जनाइएको छ । ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको हुँदा जनताको बलमा स्थापना भएको संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा प्रवक्ता राईले बताए । यस्तो गलत कदमको विरुद्ध लिम्बुवान भोलेन्टियर्सले जनप्रदर्शन गर्न लागेको हो – उनले भने ।

सो खबरदारी सभालाई मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने जनाइएको छ । त्यसैगरी अन्य केन्द्रीय नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चीनको लगानीमा बन्ने भनेर झापाको दमक र गौरादहको सिमानामा रहेको हजारौं विगाह जमिनलाई सरकारले अधिग्रहण गरी अवैज्ञानिक ढंगले मुअब्जा वितरण गरेको प्रति भोलेन्टियर्सले ध्यानाकर्षण गर्ने जनाएको छ । सरकारले उचित मुअब्जा वितरण नगरे कडा अान्दाेलन गर्ने भाेलेन्टियर्सले चेतावनी दिएकाे छ ।

क्लिन पार्क नामकरण दिइएको सो क्षेत्रका धेरै जग्गाधनीहरु आफूहरु मारमा परेको गुनासो गरिरहेकाे मञ्चका उपमहासचिव भानु भट्टराईले बताए । उनले सरकारले जग्गाको सही मूल्यांकन गरी जग्गाधनीहरुलाई उच्चित मुअब्जा वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...