संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित

 लिम्बुवान न्युज
                       

फिदिम। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित भएको छ । १०+१ प्रान्त स्थापनाको लागि लडिरहेको एक मात्र संघीय पार्टीको रुपमा उभिएको मञ्चमा अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग राखि गतिबिधि गर्दै आएको सञ्जुहाङ् पालुङवाले नेतृत्व गरेको पार्टी समायोजन भएको हो ।

आज(बिहीबार) पहिलो चरणमा कुमार लिङदेन मिराकले नेतृत्व गरेको मञ्चमा समायोजन प्रक्रिया शुरु गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताए ।

पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष तथा संगठनको तर्फबाट एकता तथा समायोजन बार्ता टोलीका संयोजक समेत रहेका गुरुङले लिम्बुवानजन्य संगठनहरु छिन्नभिन्न हुँदा आन्दोलन कमजोर हुँदै गएकाले एकता र समायोजनको प्रक्रिया सुरु गरिएको बताए । मञ्चमा एकीकरण वा समायोजन गर्नलाई दलहरुलाई बाटो खुल्ला गरिएको समेत बरिष्ठ उपाध्यक्षले उद्घोष गरे ।

त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष तथा उक्त संगठनको तर्फबाट बार्ता टोलीका संयोजक रामकुमार लिङदेनले पाँच पार्टी लिम्बुवानजन्य संगठनहरुबीच एकता भए पनि बिवादका कारण फुट हुँदा अन्ततः लिम्बुवान प्राप्तीको आन्दोलनलाई नै घाटा भएकाले अब एकिकृत शक्ति निर्माण गरेर लडनलाई एकीकृत भएको बताए ।

समायोजन प्रक्रियाको पहिलो चरण अन्तर्गत संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदेन, क्या.सुरेन्द्रप्रकाश जबेगु, केन्द्रीय सदस्यहरु सिंहराज नेम्बाङ, शशी जबेगु, सीता जबेगु, कर्ण काम्बाङ लगायत नेताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालमा समाहित भएको मञ्चका महासचिव तथा वार्ता समिति सदस्य संगम खनालले बताए ।

मञ्चका उपमहासचिव तथा वार्ता समिति सदस्य दिल कुमार लावतीले समायोजन प्रक्रियाले लिम्बुवानमा थप राजनीति उर्जा मिलेको हुँदा अब थप उपरान्त नेताहरुलाई पनि चाडै समायोजन गरिने बताए ।

समायोजित सबै केन्द्रीय नेताहरुलाई महाधिवेशनसम्मका लागि साबिकको पद र जिम्मेवारी प्रदान दिने त्यसैगरी जिल्ला नगर, गाउँ र वडा समितिहरुको समायोजन प्रक्रिया पनि सोहि अनुरुप अगाडि बढाइने महासचिव खनाले बताए ।

फिदिममा भएको कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल, पाँचथरका अध्यक्ष सागर केरुङको अध्यक्षता र सचिव मधु केरुङकाे संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...