लिम्बुवान मञ्च याङवरककाे अध्यक्षमा अस्विन इधिङ्गो

 लिम्बुवान न्युज
                       

पाँचथर। सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल याङ्वरक गाउँपालिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । लिम्बुवान मञ्चमा भर्खरै समाहित हुनुभएका उपाध्यक्ष रामकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा शनिबार थर्पुमा तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

शनिबार थर्पुमा आयाेजित लिम्बुवान मञ्च याङवराकको तेस्रो अधिबेशनले युवा नेता अस्विन इधिङ्गोलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षहरुमा चन्द्रकुमार माङ्मु, पोलस्टार तावा, दिलकुमार लक्सम, खड्ग लक्सम र बुद्धि सेवां, सचिवमा हेमराज योङ्हाङ, सहसचिव बिरेन्द्र बेघा, अर्थसचिवमा गंगाकुमारी सुवेदी, सह–अर्थसचिवमा पुजा सिगु रहेका छन् भने सदस्यहरुमा अमृता माबो, रामबहादुर योङ्हाङ, जीवनकला माबो, भिमा माबो, धनकुमार काम्बाङ, अरुणा केरुङ, समसेर बेघा, भिमकुमार माङ्मु, सुरेन्द्र लावती, सेरिहाङ योङ्हाङ र भिम पाँचकोटी रहेका छन ।

निर्वाचित कार्य समितिलाई मञ्चका प्रान्तीय महासचिव संगम खनाल, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव मधु केरुङ, युवामञ्चका सचिव रामचन्द्र नेम्बाङ, जिल्ला सदस्य कर्ण कुरुम्बाङ लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नुहुनेमा पोलिस्टार तावा, सुरेन्द्र लावती, हेमराज सिवाकोटी, मनराज मादेन, रणबहादुर तावा, हाङ्जिती माबो, सुस्मा राई मादेन, कमलबहादुर योङ्हाङ, सन्दीप सेवा, आकाश तावा, रोहन माबो, हर्कमाया योङ्हाङ, छत्र योङ्हाङ, जमुना योङ्हाङ इम्बुङ, धनमाया योङ्हाङ आङ्बो, रनकुमार माबो, अबिशेक माबो, प्रकाश माबो, सुनिता सिगु, छत्रबहादुर माबो र मनमाया परियार रहेका छन् ।

नव प्रवेशीहरुलाई खाँदा ओडाई पार्टीमा स्वागत गरिएको संघीय लिम्बुवान मञ्चका पाँचथर जिल्ला अध्यक्ष सागर केरुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...