फागुन १६ मा प्रधानमन्त्री गृहजिल्ला आउँदै

 लिम्बुवान न्युज
                       

दमक। प्रधानमन्त्री केपी शर्मा ओली यहि फागनु १६ गते आफनो निर्वाचन क्षेत्रका विभिन्न विकासे कार्यक्रममा सहभागि हुन दमक आउने भएका छन् ।

झापा क्षेत्र न. ५ का बिभिन्न बिकास आयोजनाहरुको उद्घाटन तथा शिलान्यास गर्नका लागि उनी दमक आउन लागेका हुन् । एक बर्ष पछि प्रधानमन्त्री ओली दमक आउन लागेका हुन् । उनी अघिल्लो बर्ष फागुनमा दमक–रवि सडक शिलान्यास गर्न गृह क्षेत्र दमक आएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्र्तगत पर्ने २५ वटा बढी पुलहरुको एकैपटक प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तय भएको छ ।

यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवा पुलमा निर्मित तीन वटा पुलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाह क्षेत्रफलमा निर्माण हुने चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यस गर्ने छन् भने त्यसैदिन कमल ७ मा हुने कार्यक्रम पछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए । उनी सोहि दिननै काठमाण्डौ फर्कने तय भएको थापाले वताएका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...