आज धुमधामसँग सरस्वतीको पूजा, बसन्त ऋतु प्रारम्भ

 लिम्बुवान न्युज
                       

दमक । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने हिन्दु परम्परा अनुसार ‘श्रीपञ्चमी’ पर्व मानिन्छ । त्यसैगरी विशेष गरेर स्कुलहरुमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ । आजबाट सूर्य उत्तरतिर लागि दिन लामो भएको हुँदा वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

आज विशेष गरी स्कुलका विद्यार्थीहरु उच्च शिक्षा प्राप्ति होस् भनेर सरस्वतीसँग प्रार्थना गर्ने प्रचलन बढी रहेको छ भने स्कुलले विद्याकी देवीको भव्य रुपले पुजा गर्ने चलन रहेको छ, विद्यार्थीहरुले कपी, कलम र किताव राखेर पुजा गर्ने प्रचलन रहेको छ । त्यसैगरी साहित्यकार, कलाकार, पत्रकार लगयात कलम चलाउनेहरुले पनि आ–आफ्नो तवर तरिकाले पुजा गर्ने चलन रहेको छ । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास रहेको छ ।

आजको दिन काठमाडौं उपत्यकाका साथै अन्य विभिन्न शक्तिपिठहरुमा सरस्वतीको पुजा अर्चना गर्ने परम्परा रहेको छ । जहाँ विशेष गरेर विद्यार्थी नानीहरुको घुईचो लाग्ने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

आजैको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने त्यसैगरी नाक, कान छेडिदिने प्रचलन पनि रहेको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...