माङसेबुङ ६ को कावा वडाध्यक्षमा रामचन्द्र राई

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ ६ मा कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य रामचन्द्र राईले पाएका छन् ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ बमोजिम रामचन्द्र राईले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी पाएका हुन् ।

तत्कालिन नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष प्रदिप साङपाङ नेकपा एमाले प्रवेश गरेकाले उनको वडाअध्यक्ष पद खारेज भई रिक्त भएको थियो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ मा वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छनौट गरेको सदस्यले कायवाहक वडा अध्यक्ष भई काम गर्नेछ भन्ने व्यवस्था उल्लेख छ ।

कार्यवाहक वडाअध्यक्ष रामचन्द्र राईले अब वडा अध्यक्षकै हैसियतमा गाउँकार्यपालिका बैठकमा सहभागी भई कार्यसम्पादन गर्नेछन् ।

यसअघि वडा अध्यक्ष साङपाङले आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेकाले निर्वाचन आयोग नेपालले पद रिक्त रहेको सूचना प्रकाशित गरेको थियो ।

आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वक्षा अध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;