दमकको आठौं नगरसभा शुभारम्भ, पत्रकार पोख्रेल सहित पाँच सम्मानित

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक नगरपालिकाको ८औं नगर सभा (हिउँदे सभा) आज शुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले आर्थिक बर्ष २०७७र०७८ का अहिले सम्मका विकास निर्माण गतिबिधि तथा कार्य प्रगतिको समिक्षासहित निर्धारित योजना तथा कार्यक्रमहरुको संशोधनका लागि नगर सभा बोलाइएको जानकारी गराए ।

सभाको शुरुमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले विनियोजन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेकी छन् । त्यसैगरी सभामा बजार अनुमगन तथा व्यवस्थापन समिति संयोजक भिमप्रसाद पौडेलले बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७ र बोधराज न्यौपानेले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पेश गरेका छन् । प्रस्तुत बिधेयकहरुमाथि लिखित रुपमा राय पेश गर्न १२ फागुन सम्मको म्याद दिइएको छ ।

नगर सभामा सहभागीहरुले नगरपालिकाका कतिपय कर्मचारीहरुले तोकिएको सेवा सुविधाबाहेक अतिरिक्त पैसा र खाजा पानीमा मात्रै काम गर्ने गरेको भन्दै त्यस्ता कर्मचारीमाथि निलम्बनसम्मको कारवाही गर्नुपर्ने आवाज उठाए । कतिपय सहभागीहरुले नगरपालिकामा राजश्व उठाउने प्रकृया त्रुटीपूर्ण भएको, नदी उत्खनन् बापतको कर असुलीमा पारदर्शी नभएको, प्रदेश र संघीय सरकारको बजेटबाट सञ्चालित योजनाहरुमा पर्याप्त निगरानी नहुँदा बेथिती बढेको, कालोपत्रे सडक बनाई नसक्दै भत्किइरहेको, कोरोना रोकथाम तथा नियन्त्रणमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक नगरिएको जस्ता आरोप लगाए । यस अघिका नगरसभाहरुमा सदस्यहरु प्राय मौन रहने गरेकामा यस पटकको नगर सभामा धेरै जसो सहभागीहरुले मुख खोलेका छन् ।

नगर सभाको शुरुमा नै सुकदेव लुइँटेल, नरेश सुनुवार, लक्ष्मी दाहाल, भीमराज चौंलागाइँ, सिताराम पोखरेल लगायतले आफ्ना सुझावसहित गुनासाहरु राखेका छन ।

पत्रकार पोखरेलसहित पाँच जनालाई २१ हजारसहित सम्मान

यसैबीच दमक नगरपालिकाले नगर विकासमा योगदान पुरयाएको भन्दै पत्रकार विष्णु पोखरेलसहित उत्कृष्ट करदाता, स्वास्थ्य स्वंयसेविका लगायत पाँच जनालाई सम्मान गरेको छ । नगर सभामा सम्मानित हुनेहरुमा उत्कृष्ट करदाताहरु पर्शुराम गिरी, मञ्जु श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी प्रकाश केसी, स्वास्थ्य स्वयंसेविका हेलेना टोपो रहेका छन । उनीहरुलाई जनही नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, नगर प्रमुख ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

(तस्वीरः विष्णु पाैडेल)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...