फाकफोकथुम लिम्बुवानमा दिपेन्द्र थेगीम

 लिम्बुवान न्युज
                       

दमक। इलामको फाकफोकथुममा संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ । आज आमचोक बजारको पासाङ लमू सभाहलमा भएको कार्यक्रमले दिपेन्द्र थेगीमको अध्यक्षतमा समिति गठन भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यता र उपमहासचिव दिल कुमार लावतीको विशेष आतिथ्यतामा भएको कार्यक्रमले उपाध्यक्षमा विरेन थेवे, सचिवमा डिल्ली विक्रम लिम्बु, सह–सचिव रनवीर योङहाङ, अर्थसचिव पवित्रा सुब्बा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोपी थेगीम, मित्रलाल थेगीम, मन प्रसाद योङहाङ, भिम बहादुर देवान, टिका राम समाल र उकेन्द्र लिम्बु रहेका छन् ।

कार्यक्रममा लिम्बुवानका सचिवालय सदस्य हेम जवेगु, केन्द्रीय सदस्य गोविन्द योङहाङले शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला अध्यक्ष दिपक योङहाङले कार्यक्रमलाई सहजीकरण गरेका थिए । भेलामा फाकफोकका सबै वार्डहरुबाट प्रतिनिधिमुलक नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...