नेपाली कांग्रेस र हिन्दु एजेण्डा

,   लिम्बुवान न्युज
                       

लोकतन्त्रको हिमायती नेपाली कांग्रेसभित्र अहिले हिन्दु सापेक्षता र सर्बोच्चताको बिषय प्रवेश गराउने धन्दुकारीहरुले लोकतन्त्रको परिभाषा नै नबुझिकन हिन्दु राष्ट्र भनी कराएका हुन् कि बुझेरै यस्तो दक्षिणपन्थी धारणा ल्याएका हुन् ? बुझिनसक्नु छ । के गर्न खोज्या हुन् र लोकतन्त्रको परिभाषालाई कसरी अर्थ्याउन खोज्या हुन् अन्दाज लाइनसक्नु छ ।

  • मोति चाम्लिङ्

अध्यक्ष, विपि अध्ययन प्रतिष्ठान, हङकङ

नेपाली कांग्रेसको नेतृत्वमा संवैधानिक लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यसो किन हो भने गणतन्त्रसम्मको गन्तब्यलाई सार्थकता दिनुहुने गिरिजाबाबु नेपाली कांग्रेसका तत्कालिन सभापति हुन् । गणतन्त्रसम्मको यात्रा तय गरिंदा यसलाई संस्थागत गराउने संविधान निर्माण गरि संसदमा पेस गर्न दुई वटा संविधान सभाका लागि अकूत सम्पत्ति खर्च देशले गर्नु पर्योे । त्यो व्यवहार कति भयो त्यो नेपालकै अर्थविदहरुलाई राम्रैसंग थाहा होला । बल्ल तल्ल संविधान त लेखियो तर घोषणा गर्न पनि ठूलै सकस पर्यो । घोषणा गर्न पनि कांग्रेसकै तत्कालिन सभापति सुशिलदाको अग्रसरतालाई कसैले भुल्न सक्तैन । संविधान त बन्यो, घोषणा त भयो तर कार्यन्वयनहेतु दोश्रो संविधान सभालाई बिघठन गरि नयाँ जनादेशका निम्ति चुनाव गर्नै पर्ने भो र नेपाली कांग्रेसकै नेतृत्वमा ताजा जनादेश दिन ऐतिहासिक संघीय संसद र प्रादेशिक संसद्को निर्वाचन शेर बहादुर देउवाले सम्पन्न गराए । गणतन्त्रसम्मको यात्रामा इतिहासमा अंकित महत्वपूर्ण अभियानका नायकहरु नेपाली कांग्रेसकै सभापतिहरुको नाम संयोग र परिस्थितिले स्थापित भएको छ । सरसरति हेर्दा नेपाली कांग्रेसको इतिहास खोट्पूर्ण भएतापनी हरेक लोकतान्त्रिक आन्दोलनको निष्कर्श मोडमा देश र जनताका निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेको राजनिती दल हो ।


अहिलेको प्रचलित संविधानको बिशेषता गन्दै जांदा बुँदागत रुपमा निकैवटा हुन सक्छन्, जस्तो कि परम्परागत राजपरम्पराको आडमा राजाबाट भैरहेका पटके धोका र हस्तक्षेपको अन्त्य । धार्मिक एकाधिकारको अन्त्य । सबै जनताले सबै खाले धर्मको बराबरी उपभोग गर्न पाउने स्वतन्त्रता । २०४६ सम्म सबै नेपालीले बिवश भएर सरकारी कामकाजी परिपत्रमा या धर्मको महलमा हिन्दु लेख्नै पर्ने बाध्यताले आजित बनेकाहरु धर्मनिरपेक्षताका असिम प्यासी थिए । जब संविधानमा धर्मनिरपेक्ष लेखिसकेपछी ती बन्दी मानसिकताहरुले उन्मुक्ती प्राप्त गरेको महसुस गरेका छन् । अनेकौं बिबिधतामा उनिएको नेपाल धार्मिक बिबिधतामा पनि उनिएकै हो । जुन देशमा जनताहरु बिबिध धर्म मान्छन् त्यो देशमा कुनै एक धर्म मात्रको उल्लेख गरेर अक्षरस हिन्दु राष्ट्र नेपाल भनिकन संविधानमा सर्बोच्चता कायम गर्नु लोकतान्त्रिक पद्वती हुनै सक्तैन । लोकतन्त्र भन्नाले त मुलुकका सर्वांगिण क्षेत्रमा स्वतन्त्रताको ग्यारेण्टि गर्नु हो । निर्मित संविधानमा, लिखित संविधानमा ती स्वतन्त्रताका स्पष्ट लेखन र व्याख्या हुन पनि जरुरी हुन्छ । लोकतन्त्र रहर पनि होइन बाध्यता पनि होइन । लोकतन्त्र सामाजिक ब्यवस्था बिकास चरमोत्कर्षको अनिवार्य आवश्यकता हो । लोकतन्त्रको परिभाषामा धार्मिक स्वतन्त्रता अपरिहार्य शर्त हो । धार्मिक स्वतन्त्रताको अकाट्य शर्त चाहिँ फेरि धर्म निरपेक्षता हो । कुनै पनि समाज या राज्यमा जब धार्मिक अंकुश लगाउने कुचेष्टा गरिन्छ त्यहाँ निभाउनै नसकिने सामाजिक बिद्रोहको बिध्वंशकारी आगो सल्किन्छ । यस्तो बिकराल परिस्थिती निम्त्याउने संभावनाको अन्त्य गर्नकै लागि पनि नेपालमा धर्मनिरपेक्षताको खाँचो थियो र त्यो पूरा भएको छ । अबका उप्रान्त नेपालमा राजतन्त्र फर्किएपनी धर्म सापेक्षता कायम हुन सक्तैन । शासक जोसुकै आउन सक्लान तर धार्मिक आस्थामा लगाम कस्न असम्भव छ ।

लोकतन्त्रको हिमायती नेपाली कांग्रेसभित्र अहिले हिन्दु सापेक्षता र सर्बोच्चताको बिषय प्रवेश गराउने धन्दुकारीहरुले लोकतन्त्रको परिभाषा नै नबुझिकन हिन्दु राष्ट्र भनी कराएका हुन् कि बुझेरै यस्तो दक्षिणपन्थी धारणा ल्याएका हुन् ? बुझिनसक्नु छ । के गर्न खोज्या हुन् र लोकतन्त्रको परिभाषालाई कसरी अर्थ्याउन खोज्या हुन् अन्दाज लाइनसक्नु छ ।

नेपाली कांग्रेसले हिन्दु राष्ट्रको एजेण्डा पारित गरि आफ्नो लक्ष्याभिमुख यात्राको शुरुवात गर्यो भने गम्भिर त्रुटि हुनेछ र व्यापक ध्रुबिकरणको कारण बन्नेछ । पूर्व राजावादि मण्डली र राप्रपा सहितको हिन्दुवादी कांग्रेसीहरुको एउटा शक्ति कायम हुनेछ । त्यसभित्र अट्न नसकेका या धार्मिक स्वतन्त्रताका पक्षधर धर्मनिरपेक्षवादिहरुले सैद्वान्तिक सम्झौता गरि नेकपामा आवद्द हुन बाध्य हुनेछन् । यो ध्रुविकरण चाहनाको नभएर बिवशताको हुनेछ । यदि नेपाली कांग्रेसका बहुमत नेतृत्व पक्षले यस्तै चाहना राखेका हुन भने पनि हिन्दु राष्ट्रको एजेण्डा पास गरे हुन्छ । सकेसम्म शिघ्रातिशिघ्र ध्रुबिकरण भैदिए मुलुकको राजनीतिले तिब्र मोड लिएर सबै कार्यकर्ताले अन्यौलको दासताबाट मुक्ति पाउनेछन् । एक किसिमले यो सर्वहितैषु पनि हुन सक्छ । जय नेपाल !

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;