साउदीका महिलाहरु सेनामा भर्ती हुन पाउने

 लिम्बुवान न्युज
                       

एजेन्सी। साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्।फसाउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने बताएको छ।

साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने छन्। साउदी महिलाहरू सिपाहीदेखि सर्जेन्टसम्मका पदमा भर्ती हुन सक्ने छन्।

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न खुला गरिएको हो ।

सेनामा भर्ती हुन महिलाहरू २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिला भर्ती हुन योग्य हुनेछन्।

भर्ती हुन हाइस्कुल उत्तीर्ण गरेकी र विदेशीसँग विवाह नगरेकी पनि हुनु पर्नेछ। यसअघि सन् २०१८ मा साउदी महिलालाई गाडी चलाउन अनुमति दिइएको थियो।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;