फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

 लिम्बुवान न्युज
                       

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ ।

शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष तिलबिक्रम चोङबाङका अनुसार शिक्षा मेला विगत लामो समय देखि इसिवु माध्यमिक बिद्यालयको प्राङगणमा लाग्दै आईरहेको छ । यो मेला यस इलाका वरिपरिको सबै भन्दा पुरानो बजार हो । यस मेलाको ऐतिहासिक तथा सॉंस्कृतिक महत्व रहेको छ । विषेश गरेर लिम्बू समुदायको मौलिक संस्कृति अन्तर्गत धाननाँच, च्याब्रुङ नाँच लगायत तामाङ जातिको डम्फु नाँच र खस ब्राम्हण समुदायको सांगिनी नाँच लगायतको सॉस्कृतिक कार्यक्रमहरु समेत हुने गर्दछन् ।

खेलकुद अन्तर्गत खुल्ला पुरुष फुटबलमा २० टिम सहभागी भएका छन् । त्यसैगरी खुल्ला महिला फुटबल र खुल्ला पुरुष भलिवल खेल समेत संचालन हुने प्रतियोगितामा महिला फुटबलमा ६ टिम र पुरुष भलिबल तर्फ ९ टिमले सहभागिता जनाएका छन् । पुरुष फूटबल विजेताले रु ६५ हजार र तीन बर्षे रनिङ कप पाउनेछन् भने उपविजेताले ३५ हजार र दुई बर्षे रनिङ कप प्राउने बताइएको छ । त्यसैगरी महिला फुटबल अन्तर्गत विजेता टिमले १० हजार र तीन बर्षे रनिङ कप उपविजेताले ५ हजार र दुई बर्षे रनिङ कप प्राप्त गर्नेछन् भने भलिबल तर्फका विजेताले नगद ३० हजार र तीन बर्षे रनिङ कप त्यसैगरी उपविजेताले नगद १५ हजार र दुई बर्षे रनिङ कप प्राप्त गर्ने आयोजकले बताएका छन् ।

यसैगरी आजबाट शुरुभएको फूटबलको पहिलो खेलमा आयोजक भर्सेज खाम्लालुङ—१ पाक्तिनको खेलमा ०–२ गोलले आयोजक पराजित भई खाम्लालुङ–१ पाक्तिनले बिजय शुरुवात गरेको छ । त्यसरी नै वाई जे वाई सी पुल्डुङ र सक्रान्ति १ डाडाँगाउँ बिच हुने खेलमा पुल्डुङ अनुपस्थित भएकोले नेटबल मार्फत स्वत सक्रान्ति बिजय बनेको छ । त्यसैगरी औसी बजार र नव ज्योति युवा क्लव बिच भएको खेलमा औसी बजारले नव ज्योति युवा क्लबलाई ० का बिरुद्व ३ गोलले बिजय प्राप्त गरेको थियो । यसरी नै आजको अन्तिम खेलमा सृजना संगम पौठाक र एफसी जलजले बिच भएको खेलमा जलजलेले पौठाकलाई ० का बिरुद्व २ गोलले जित हासिल गरेको खेलकुद बिकास समिति इसिबुका अध्यक्ष सुन्दर फोम्बोले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;