सत्तासमिकरणको खेल शुरु प्रचण्ड–माधवको जसपा नेतासँग छलफल

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी (जसपा)सँग आगामी सरकार गठनको विषयमा छलफल शुरु गरेको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको यो पक्षले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल शुरु गरेको हो ।

यसैक्रममा आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेको छ ।

संसद पुनःस्थापना सँगै हौसिएका प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । यस्तो अवस्थामा पार्टी फुट्छ या के हुने निर्वाचन आयोगले अझै पनि कुनै निर्णय गर्न सकेको छैन । संसद अधिवेशन पश्चात सरकारबारे छलफल हुन सक्ने विश्लेषकहरुको तर्क रहेका छ ।

अब राजनीति अवस्था परिवर्तन भएको अवस्थमा जसपाले पनि प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सक्ने संकेत देखाएको छ । यद्यपी जसपा भित्र हालसम्म पनि कार्यगत एकता हुन नसकिरहेको अवस्थामा यसै भन्न नसकिन्ने बताइएको छ ।

हाल प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेका छन् । त्यसमा हरिनारायण रौनियार र रेशमलाल चौधरी निलम्बनमा छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...